सिटिजन लाइफको ‘बिजनेस स्ट्राटिजी कन्फेरेन्स’ सम्पन्न, उत्कृष्ट शाखा र कर्मचारी सम्मानित

सिटिजन लाइफको ‘बिजनेस स्ट्राटिजी कन्फेरेन्स’ सम्पन्न, उत्कृष्ट शाखा र कर्मचारी सम्मानित


सिटिजन लाइफइन्स्योरेन्स कम्पनीले उत्कृष्ट शाखा र कर्मचारीहरुलाई सम्मान गरेको छ । 

पाँचौं बिजनेस स्ट्राटिजी कन्फेरेन्सको अवसरमा सिटिजन लाइफइन्स्योरेन्सले आर्थिक वर्ष २०७८/०७९ मा उत्कृष्ट कार्य सम्पादन गर्ने विभिन्न शाखा र कर्मचारीहरुलाई विभिन्न ३१ विधामा सम्मान गरेको हो । 

सिटिजन लाइफले कम्पनीलाई हरेक ढङ्गबाट उत्कृष्ट बनाउन हरेक दिन इमान्दारी र मिहेनतका साथ खटिएका सम्पुर्ण कर्मचारीहरुलाई थप क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने र हौसला प्रदान गर्ने उद्देश्यका साथ बिजनेस स्ट्राटिजी कन्फेरेन्स आयोजना गरेको थियो ।

उक्त कार्यक्रममा गत आर्थिक वर्षको कारोबार समिक्षा गर्दै नयाँ आर्थिक वर्षको रणनितिबारे छलफल भएको बताइएको छ । आगामी दिनमा कम्पनीले उपलब्ध गराउने सेवाहरुलाई अझै ग्राहक केन्द्रित र प्रविधिमुखी बनाउँदै लैजाने उद्धेश्यका साथ कम्पनीको व्यवस्थापन टिम र शाखाका कर्मचारीहरु बीच कम्पनीको प्रशासन सम्बन्धित रहेका विविध विषयहरुमाथि पनि छलफल भएको थियो ।

कम्पनीले आगामी दिनहरुमा पनि अरु थुप्रै आधुनिक तथा नवीनतम डिजिटल सेवाहरु प्रचलनमा ल्याउने योजना रहेको समेत जनाएको छ । 
 

Logo