टाटा मोटर्सको दशैं अफर- निःशुल्क नामसारी, २ लाख नगद छुट

टाटा मोटर्सको दशैं अफर- निःशुल्क नामसारी, २ लाख नगद छुट


नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक बितरक सिप्रदी ट्रेडिङ प्रालिले ‘वडा पर्वको वडा अफर’ योजना ल्याएको छ । कम्पनीले प्यासेन्जर भेहिकल सेग्मेन्टका लागि वडादशैं २०७९ को अवसरमा उक्त योजना सार्वजनिक गरेको हो ।

यस योजनाअन्तर्गत ग्राहकहरुले टाटाका गाडीहरु खरिद गर्दा ३ वर्षको वारेन्टी प्राप्त गर्न सक्नेछन् । जुनसुकै ब्राण्डका गाडीसँग टाटाका गाडी एक्सचेन्ज गर्दा आकर्षक मूल्यांकन प्राप्त गर्न सक्नेछन् भने आकर्षक एक्सचेन्ज बोनस पनि प्राप्त गर्न सकिनेछ । साथै, निःशुल्क नामसारी, एक वर्षको सवारी कर, २ लाख नगद छुट र फाइनान्सको सुविधा लगायतका विशेष आर्कषणहरु रहेका छन् ।

ग्राहकहरुले टाटा मोटर्सको शोरुममा गएर यस योजनामा सहभागी भई नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अल्ट्रोज, एच फाइभ, नेक्सन, टियागो र टिगोर लगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्ने कम्पनीले जनाएको छ ।

Logo