साताको तेस्रो कारोबारको दिन सेयर बजार नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । लगातार दुई दिन घटेको बजार मंगलबार १५ दशमलब ९२ अंकले बढेर १८३१ दशमलब ०५ बिन्दुमा पुगेर रोकिएको हो ।
आज ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलब ५४ अङ्कले उकालो लागेर तीन सय ५८ दशमलब १४ मा पुगेको छ । कूल दुई सय २९ कम्पनीको २१ लाख ७ हजार ७४२ कित्ता सेयर ६६ करोड ३० लाख १३ हजार मूल्यमा खरिद बिक्री भएको छ।
मंगलबार सामुदायिक लघुवित्त वित्तीय संस्थाको मूल्य सबैभन्दा धेरै ९.९७ प्रतिशत र अभियान लघुवित्त वित्तीय संस्थाको मूल्य ६.०७ प्रतिशतले वृद्धि भएको छ । अपर हुवाखोला हाइड्रो, हिमालयन पावर, माउन्टेन इनर्जी समेत मूल्य धेरै बढ्ने कम्पनीमा परेका छन् ।





























प्रतिक्रिया