हुण्डाई नेपालको सर्भिस क्याम्पेन सुरु, फ्रन्टलाइनरलाई विशेष छुटको व्यवस्था

हुण्डाई नेपालको सर्भिस क्याम्पेन सुरु, फ्रन्टलाइनरलाई विशेष छुटको व्यवस्था

केन्द्रबिन्दु
0
Shares

हुण्डाई गाडीको लागि नेपालको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘मुभिङ टुआर्डस् न्यु नर्मल’ सर्भिस क्याम्पेन योजना सुरु गरेको छ ।

हुन्डाई मोटर्स इन्डिया लिमिटेडका विनोद कुमार र प्रवीन कुमारको सहभागितामा मंगलबार भक्तपुरमा रहेको एलआई सर्भिस सेन्टरमा उक्त क्याम्पेनको शुरुवात गरिएको हो । 

पोस्ट कोभिड सुरु गरिएको ‘मुभिङ टुआर्डस् न्यु नर्मल’ एक सर्भिस क्याम्पेन हो, जसमा हेल्थ फ्रन्टलाइनर, डाक्टर तथा मेडिकल क्षेत्रमा आबद्ध व्यक्तिहरुले  विशेष सहुलियतमा मर्मत सेवा लिन सक्ने कम्पनीले जनाएको छ । 

कम्पनीका अनुसार यस योजनाअन्तर्गत फ्रन्टलाइनरलाई मर्मत तथा स्पेयर पार्टमा ५ देखि १० प्रतिशत छुट पाइनेछ । उक्त सेवा नेपालभर रहेका १७ वटा सर्भिस सेन्टरबाट लिन सकिने बताइएको छ । 

Skip This
Skip This
Logo