‘नेपालमा अबको आवश्यकता आर्थिक क्रान्ति हो’-अध्यक्ष गोल्यान

‘नेपालमा अबको आवश्यकता आर्थिक क्रान्ति हो’-अध्यक्ष गोल्यान

केन्द्रबिन्दु
0
Shares

बैंक तथा वित्तिय संस्था परिसंघ नेपाल (सिबिफिन) का अध्यक्ष पवनकुमार गोल्यानले नेपालमा अब आर्थिक क्रान्तिको आवश्यक रहेको बताएका छन् । 

बुधवार नेपाल आर्थिक पत्रकार संघ नाफिजको वार्षिक जर्नल अर्थचित्र विमोचन तथा आर्थिक पत्रकार पुरस्कार समारोहलाई सम्बोधन गर्दै अध्यक्ष गोल्यानले यस्तो बताएका हुन् । उनले नेपालमा विगतमा सबै खालका क्रान्ति भएको भन्दै अब कृषि क्रान्तिमार्फत आर्थिक क्रान्तिको आवश्यक भएको बताए । 

अध्यक्ष गोल्यानले नेपालमा विभिन्न क्रान्तिमार्फत गणतन्त्र ल्याएपनि आर्थिक क्रान्ति हुन नसकेको दाबी गरे । उनले आर्थिक विकास गर्ने विषयमा पनि नेपालमा राजनीतिक हुने भएको भन्दै कृषि,पर्यटन मार्फत क्रान्त्रिका भाषण गरेर नेताहरुले भोटको राजनीति गरेको बताए । 

उनले भने, ‘नेपालमा अबको आवश्यकता आर्थिक क्रान्ति हो । नेपालमा सबै किसिमको क्रान्तिहरु गरिए । क्रान्ति गर्दै मुलुकमा गणतन्त्र समेत आयो तर आर्थिक क्रान्ति भएन । मुलुकका दुई तिहाई किसान जनताका लागि आर्थिक क्रान्ति आवश्यक छ तर हामी कुरा मात्रै गर्छौं काम गर्दैनौं । त्यसमा पनि राजनीतिक गर्छौं । नेताहरुले किसानको कुरा गरेर भोटको राजनीति गर्नुहुन्छ । सबैले त्यही गरिरहेका छाैं । अब सबै जनतालाई मुलुक समृद्ध बनाउन आर्थिक क्रान्ति गर्नेतर्फ समेत गराउनुपर्छ ।’ 

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले तलव वितरण गर्नका लागि समेत बैंकबाट पैसा नपाएको गुनासो गरे । उनले आफूले कर्मचारीको तलव खुवाउनका लागि ४० लाख रुपैयाँ निकाल्न खोज्दा उपत्यकाका तीन वटै जिल्लामा रहेका बैंकमा पैसा नपाएको दाबी गरे । 

मल्लले बजारमा तरलताको चरम अभाव भएको अवस्थामा बैंकहरुले ब्याजदर बढेको भन्दै ब्याजदर वृद्धिले उद्योग व्यवसाय गर्ने वातावरण नभएको बताए । उनाले पछिल्लो समय ब्याजदरमा भएको वृद्धिले निजी क्षेत्र मर्कामा परेको भन्दै सरकारले ब्याजदर वृद्धिलाई तत्काल व्यवस्थित गर्नुपर्ने बताए । उनले मुलुकलाई आत्मनिर्भर बनाउनका लागि निजी क्षेत्रको भुमिका महत्वपूर्ण रहेको बताए ।   

बुधवार नाफिजले शारदा–ढुण्डीराज भट्टराई नाफिज आर्थिक पत्रकारिता पुरस्कार १ जनालाई र सिबिफिन–नाफिज बैंकिङ पत्रकारिता पुरस्कार २ जनालाई प्रदान गरेको छ । 
 

Skip This
Skip This
Logo