दसैं बिदा अघिको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार बढेको छ । सेयर बजार परिसूचक नेप्से आज १६ दशमलव २९ अंकले बढेर एक हजार आठ सय ५३ दशमलव ७६ विन्दुमा पुगेको छ ।
बिहीबार २२३ कम्पनीको १७ लाख ९१ हजार कित्ता सेयर किनबेच हुँदा ६३ करोड २४ लाख बढीको कारोबार भएको छ। कारोबार भएका उपसमूहमध्ये १२ उपसमूह बढेका छन्। जीवन बीमा उपसमूह भने ०.०६ प्रतिशतले घटेको छ।































प्रतिक्रिया