गत वर्षभन्दा तीन गुणा बढी विद्युतीय सवारी नेपाल भित्रिए, उठ्यो ४० करोड राजश्व

गत वर्षभन्दा तीन गुणा बढी विद्युतीय सवारी नेपाल भित्रिए, उठ्यो ४० करोड राजश्व

केन्द्रबिन्दु
0
Shares

चालु आर्थिक वर्ष २०७९/८० को भदौ मसान्तसम्म ४१४ युनिट विद्युतीय सवारी नेपाल भित्रिएका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिव तीन गुणा बढी हो । गत वर्ष सो अवधिमा १४३ युनिट विद्युतीय सवारी मात्रै आयात भएका थिए ।

भन्सार विभागको तथ्यांक अनुसार चालु आवको साउन र भदौ महिनाको अवधिमा १०० किलोवाटसम्मका ४०२ वटा विद्युतीय सवारीआयात भएका छन्। यीमध्ये सबैभन्दा बढी भारतबाट ३०४ युनिट भित्रिएका छन् भने दोस्रो नम्बरमा कोरियाबाट ६६ युनिट र तेस्रोमा चीनबाट ४० युनिट भित्रिएका छन् । 

साथै सो अवधिमा १०० देखि २०० किलोवाटसम्मका १० र २०० देखि ३०० किलोवाटसम्मका २ युनिट विद्युतीय सवारी नेपाल भित्रिएका छन्। चालु आवमा १ अर्ब १९ करोड ४३ लाख रुपैयाँ बराबरको विद्युतीय सवारी आयात भएको छ। यसबाट सरकारले ४० करोड ७७ लाख रुपैयाँ राजश्व प्राप्त गरेको छ।

पेट्रोल र डिजेल नचाहिने, धूवाँ नफाल्ने र ध्वनिलगायतका अन्य प्रदूषणहरू नगर्ने भएकाले विद्युतीय सवारी साधनको माग विश्वभरि बढ्दो छ । चीन, भारत र युरोपेली देशहरूले सन् २०३० पछि पेट्रोल र डिजेलका सवारी साधनहरू उत्पादन नगर्ने घोषणा गरिसकेबाट अबको भविष्य विद्युतीय सवारी साधनको हुने निश्चित छ । 

पेट्रोलबाट चल्ने सवारी साधनको तुलनामा विद्युतीय सवारी साधनकोे सञ्चालन खर्च सस्तो छ । विद्युतीय सवारी साधनहरूको सञ्चालनका लागि आवश्यक विद्युत् सरकारले उपलब्ध गराउनुपर्छ, जुन नेपालमा सम्भव छ । तर, विद्युतीय सवारी साधनहरूबाट उत्पन्न हुने विकिरणबाट जोगिन समयमा नै चाल्नुपर्ने कदमहरूका बारेमा सचेतचाहिँ हुनु जरुरी देखिन्छ ।

Skip This
Skip This
Logo