आज सुनको मूल्य बढ्यो, चाँदी घट्यो

आज सुनको मूल्य बढ्यो, चाँदी घट्यो

केन्द्रबिन्दु
0
Shares

साताको चौथो कारोबार दिन बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेको छ ।

मंगलबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बुधबार दुई सय रुपैयाँले बढेर ९४ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज तेजाबी सुनको मूल्य ९३ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । 

चाँदीको मूल्य भने घटेको छ । बुधबार चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला एक हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Logo