आईएमई लाइफ इन्स्योरेन्सको पाँचौ वार्षिक साधारण सभा सम्पन्न

आईएमई लाइफ इन्स्योरेन्सको पाँचौ वार्षिक साधारण सभा सम्पन्न

केन्द्रबिन्दु
0
Shares

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबार कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा.रामहरि अर्यालको सभापतित्वमा काठमाण्डौंको लैनचौर ब्यांक्वेटमा साधारण सभा सम्पन्न भएको हो । 

सो सभामार्फत कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको प्रतिवेदनसहित वित्तिय विवरणहरु पारित गरेको छ । जीबन बीमा कम्पनीको चुक्तापूँजी रु. ५ अर्व पुर्याउनुपर्ने प्रावधान बमोजिम पूँजी वृद्धिका लागि संस्थापक शेयरधनीबाट हालकायम रहेको चुक्तापूँजीको शतप्रतिशत बराबरको शेयर पूँजीथप गर्ने, शेयर पूँजी थप भए पश्चात् सर्वसाधारणका लागि छुट्याइएको शेयर निश्कासन गर्ने लगायत कम्पनीको प्रवन्ध–पत्रको उद्देश्यमा कम्पनीले आवश्यकताअनुसार विभिन्न सहायक कम्पनीहरु स्थापना गर्ने उद्देश्य थप गर्ने र संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै फेरवदलको निर्देशन प्राप्त भएमा सोहीअनुसार फेरवदल गर्न सञ्चालक समितिलाई अख्तियारी दिन स्वीकृत गर्ने सम्बन्धी प्रस्तावहरु उपर छलफल गरी सो प्रस्तावहरु सर्वसम्म्तिबाट पारित भएको छ ।

सभाले आर्थिक वर्ष २०७७/०७८ मा संस्थागत सामाजिकउत्तरदायित्वअन्तर्गत कोरोना भाइरस (कोभिड १९)को रोकथाम तथा प्रभावितहरुको उपचारका लागि नेपाल सरकारबाट स्थापित कोरोना रिलिफ एण्ड प्रिभेन्सन फन्डमा कम्पनीका तर्फबाट गरीएको योगदान आर्थिक सहायताको अनुमोदन समेत गरिएको थियो ।

सभामा बोल्दै सभाका सभापति डा.अर्यालले बीमितको आवश्यकता अनुसारको विविध बीमा योजनाहरुको उपलब्धता, प्रतिस्पर्धात्मक बजार एवं नियमाकीय प्रयासहरुका कारण तथा वित्तिय साक्षरतामा वृद्धि गर्ने नेपाल सरकारको प्रयास लगायत विभिन्न बैंक, वित्तिय संस्थाहरु, बीमा कम्पनीहरु एवं अन्य संघ संस्थाहरुको प्रयासका कारण बीमा बजारको भविष्य अझ राम्रो र सुनिश्चित हुँदै गएको बताए । 

साथै कम्पनीले सर्वसाधारणमा बीमाको पहुँच बढाउने लक्ष्य लिएर दुर्गम स्थानमा समेत सर्वसाधारणहरुलाई सुविधा पु-याउने क्रममा सातै प्रदेशमा शाखा सन्जाल विस्तार गरी हाल १४० शाखा तथा उपशाखाहरु मार्फत सेवा उपलब्ध गरिरहेको बताए । 

Skip This
Skip This
Logo