कोरोना संक्रमण बढेसँगै उपत्यकाका सबै यातायात कार्यालयहरु बन्द

कोरोना संक्रमण बढेसँगै उपत्यकाका सबै यातायात कार्यालयहरु बन्द

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमित दिनप्रतिदिन बढ्दै गएकाले उपत्यकाका सबै यातायात कार्यालयहरु बन्द भएका छन् । कार्यालयहरुले अत्यावश्यक बाहेकका सबै सेवाहरु अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरेका हुन् ।

कार्यालय बन्द हुँदा अहिले सवारी चालक अनुमतिपत्र र ब्लुबुक नवीकरण लगायतका सेवा बन्द भएका छन् । यस अघि संक्रमण बढेको भन्दै कार्यालयले जोरबिजोरका प्रणालीमा लाइसेन्स र ब्लुबुक नवीकरणको काम गरिरहेका थिए । तर अहिले उपत्यकामा जोखिम बढेकाले सबै सेवा बन्द गरेका छन् ।

वाग्मती प्रदेश कार्यालयले अत्यावश्यक सेवा बाहेकका अन्य सेवा बन्द गर्न भनेपछि उपत्यकाका कार्यालयबाट दिइने सेवा बन्द गरिएको छ । यस अघि मन्त्रिपरिषद्को साउन २६ गतेको बैठकले कोरोना संक्रमण बढेको भन्दै जनसम्पर्क धेरै हुने कार्य नगर्न निर्देशन जारी गरेको थियो ।

Skip This
Skip This
Logo