कोरोना पीडितलाई राष्ट्र बैंकको राहत : लागू भयो पुनर्कर्जा योजना

कोरोना पीडितलाई राष्ट्र बैंकको राहत : लागू भयो पुनर्कर्जा योजना

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले आज (सोमबार) देखि पुनर्कर्जा योजना लागू गरेको छ । राष्ट्र बैंकले कोरोना भाइरसले क्षति पु¥याएका विभिन्न क्षेत्रलाई राहतका रुपमा पुनर्कर्जा उपलब्ध गराउन सुरु गरेको हो ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका नाममा सूचना जारी गर्दै एकमुष्ट रूपमा प्रदान हुने पुनर्कर्जाको लागि आवेदन आह्वान गरेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत कोरोना भाइरसका कारण क्षति भएका विभिन्न क्षेत्रका लागि पुनर्कर्जा उपलब्ध गराउने घोषणा गरेको थियो । सोही व्यवस्थाको कार्यान्वयनस्वरुप राष्ट्र बैंकले पुनर्कर्जा योजना लागू गरेको हो । राष्ट्र बैंकले यसअघि नै पुनर्कर्जा वितरण सम्बन्धी कार्याविधी पनि तयार गरिसकेको छ । सोही कार्याविधीका आधारमा राष्ट्र बैंकले पुनर्कर्जा उपलब्ध गराउन पहिलो पटक प्रस्ताव आह्वान गरेको हो ।

राष्ट्र बैंकले लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा, साधारण पुनर्कर्जा तथा विशेष पुनर्कर्जाका लागि प्रस्ताव आह्वान गरेको जनाएको छ । यस्तो पुनर्कर्जा दिनका लागि बैंक तथा वित्तीय संस्थाले असोज १४ गतेसम्म आवेदन दिनु पर्ने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले यस्तो पुनर्कर्जा कोरोना भाइरसबाट प्रभावितहरुलाई वर्गिकरण गरी विवरण गर्ने योजना बनाएको छ । जसमा अति प्रभावित र मध्यम प्रभावित क्षेत्रलाई यस्तो पुनर्कर्जा उपलब्ध हुनेछ । पुनर्कर्जा प्रति ग्राहक १५ लाखसम्मको लघु, घरेलु तथा साना उद्यमको पुनर्कर्जा, ५ करोड रुपैयाँसम्मका विशेष र साधारण पुनर्कर्जा बैंक तथा वित्तीय संस्थाहरुलाई उपलब्ध गराइने राष्ट्र बैंकले जनाएको छ । यस्तो पुनर्कर्जाको ब्याज दर कम्तिमा ३ देखि बढीमा ५ प्रतिशत हुने राष्ट्र बैंकले उल्लेख गरेको छ । यी क्षेत्रले पाउँछन पुनर्कर्जा

अति प्रभावित क्षेत्रः

पर्यटनः
-ट्रेकिङ्ग, ट्राभल एजेन्सी, पर्वतारोहण, ¥याफ्टिङ्ग, क्याम्पिङ्ग, टुर अपरेटर, हिलिङ्ग सेन्टर, क्यासिनो, मसाज, स्पा लगायत

-साहसिक पर्यटनः स्किइङ्ग, ग्लाइडिङ्ग, वाटर ¥याफ्टिङ्ग, हट एयर बलुनिङ्ग, क्यानोइङ, प्यारासेलिङ्ग, घोडचढी, हात्तीचढी, बन्जी जम्पिङ्ग, हिमाल आरोहण र अवलोकन लगायत,
-गल्फ कोर्स, पोलो, पोनी ट्रेकिङ्ग, पदयात्रा, माउन्टेन फ्लाइट सञ्चालन, केवुलकार लगायत

-होटल, पर्यटक आवास, मोटेल, ग्रामीण पर्यटन, होम स्टे, रिसोर्ट, तथा रेष्टुराँ, पर्यावरणीय पर्यटन, वन्यजन्तु आरक्षण लगायत कुखुरापालन व्यवसाय

-पशुपन्छी, मौरी तथा मत्स्यपालन व्यवसाय
-तयारी पोशाक, हस्तकला तथा सीपमुलक व्यवसाय लगायत
-वैदेशिक रोजगार सेवा प्रदायक, शैक्षिक परामर्श सेवा प्रदायक लगायत
हवाई तथा पर्यटकीय यातायात
-मनोरञ्जन, मनोरञ्जन पार्क, रिक्रिएसन सम्बन्धी व्यवसाय, पार्टी प्यालेस लगायत
-चलचित्र उत्पादन, वितरण, सिनेमा हल लगायत
-रोजगारी गुमेका वा विपतमा परेका श्रमिक, कामदार वा कर्मचारी लगायत
-मूलभुत रुपमा सडेर गलेर जाने वस्तु जस्तैः तरकारी, फलफूल, पुष्प, माछा मासु, दाना, दुध तथा दुधजन्य उत्पादन, अण्डा आदि उत्पादन तथा बिक्री वितरण लगायत

मध्यम प्रभावित क्षेत्रः

-खप्ने सामान जस्तै प्लास्टिक, फलाम र स्टील, टायर, छाला, धातुका उत्पादन, घरायसी उपकरण आदि उत्पादन तथा बिक्री वितरणसँग सम्बन्धित उद्योग व्यवसाय लगायत

-नीजि तथा आवासीय विद्यालय, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय, कलेज तथा विश्व विद्यालय, प्राविधिक शिक्षालय, प्रि–स्कुल, चाइल्ड केयर लगायत यात्रुवाहक स्थल तथा यातायात

-ब्युटी पार्लर, सैलुन, कस्मेटिक सर्जरी लगायतका सामाजिक तथा व्यक्तिगत सेवाका क्रियाकलाप लगायत

-हेल्थ सेन्टर वा फिट्नेस सेन्टर
-छपाइ, प्रकाशन तथा संचार गृह
-निर्माणाधीन जलविद्युत तथा नवीकरणीय उर्जा
-पत्थर, माटो तथा सिसाका उत्पादन सम्बन्धी व्यवसाय ।
-अस्पताल, क्लिनिक, नर्सिंगहोम, डायग्नोस्टिक सेन्टर
-भण्डारण गर्न सकिने वस्तु (खाद्यान्न बाहेक) उत्पादन,
-प्रशोधन तथा बिक्री वितरण
-वन तथा खनिजजन्य उद्योग
-निर्माण व्यवसाय
-कानूनी, लेखा, इन्जिनियरिंग लगायतका परामर्श सेवा वा व्यवसाय लगायत
-औषधि उत्पादन लगायत

के हो पुनर्कर्जा ?

पुरानो कर्जा चुक्ता गर्न लिइने नयाँ कर्जालाई पुनर्कर्जा भनिन्छ । एक व्यक्ति वा व्यवसायले ब्याजदर, भुक्तानी तालिका, र अघिल्लो क्रेडिट सम्झौताको सर्तहरू संशोधन गर्न लिइने कर्जालाई नै पुनर्कर्जाका रुपमा लिइन्छ । कोरोना भाइरसका कारण सरकारले १ खर्ब रुपैँयाँ बराबरको पुनर्कर्जा कोष बनाएको छ ।

Logo