पछिल्लोसमय नेपाली बजारमा टाटा मोटर्सको इलेक्ट्रिक कारहरु अधिकांश ग्राहकको पहिलो रोजाइमा पर्न थालेका छन् ।
टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले हरेक महिना २ सय युनिट भन्दा बढी इलेक्ट्रिक कारको आपूर्ति भैरहेको जनाएको छ । कम्पनीका अनुसार यसमा सबैभन्दा मन पराइएको लोकप्रिय नेक्सन र टिगोर मोडलको इलेक्ट्रिक कारहरु रहेका छन् ।
टाटा मोटर्सले २०२५ सम्ममा १० नयाँ इलेक्ट्रिक कार लन्च गर्ने घोषणा गरिसकेको छ । कम्पनीले विद्युतीय गाडीका लागि नेपालकै सबैभन्दा धेरै १९ वटा फास्ट चार्जिङ स्टेसन र १०० वटा स्लो चार्जिङ स्टेसनको स्थापना गरेको छ ।































प्रतिक्रिया