होन्डाको लोकप्रिय स्कुटर ग्राजिया ग्राहकले सवैभन्दा सरल फाइनान्समा खरिद गर्न सक्ने भएका छन् ।
होन्डाको नेपालका लागी आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले सरल फाइनान्स अन्तर्गत सवैभन्दा कम दरको व्याज, सवैभन्दा कम रकम दैनिक किस्ता र कम रकम डाउनपेमेन्टमध्ये एक छनोट गर्न पाउने अफर ल्याएको हो ।
१२४ सीसीको विएस६ इन्जिन जडान गरिएको यो ग्राजियालाई ग्राहकले ५.८९ प्रतिशत व्याजदर, १७४ रुपैयाँ दैनिक किस्ता र ३० प्रतिशत रकम डाउनपेमेन्ट मध्ये एक छनोट गर्न पाउने छन् । यस स्कुटरमा नयाँ इन्स्ट्रयुमेन्ट क्लस्टर उपलब्ध छ, जसमा रियल टाइम माइलेज, एभरेज माइलेज, डिस्ट्यान्स टु इम्पिटी जस्ता फिचरवारे जानकारी लिन सकिने कम्पनीले जनाएको छ ।
हाल बजारमा २ भेरिएन्टमा उपलब्ध यस स्कुटरको मूल्य डिआरएको २ लाख ८० हजार र डिएसएसको ३ लाख रुपैयाँ निर्धारण गरिएको छ ।





























प्रतिक्रिया