कोमाकीको नयाँ इलेक्ट्रिक स्कुटर नेपाली बजारमा, पहिलो १०० ग्राहकलाई आकर्षक अफर

कोमाकीको नयाँ इलेक्ट्रिक स्कुटर नेपाली बजारमा, पहिलो १०० ग्राहकलाई आकर्षक अफर

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा कोमाकी ब्राण्डको नयाँ इलेक्ट्रिक स्कुटर भेनिस इको भित्रिएको छ । नेपालका लागि कोमाकी इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक युनिटी ट्रेडिङ कन्सर्नले इलेक्ट्रिक स्कुटर भेनिस इको भित्र्याएको हो । 

फायर रेजिस्टेन्स लिथियम आयोन फेरो फस्फेट ब्याट्री जडान गरिएको उक्त इलेक्ट्रिक स्कुटरमा आगलागी हुने जोखिम कम हुने कम्पनीले बताएको छ । सो ब्याट्रीलाई २ हजार साइकल सम्म प्रयोग गर्न सकिन्छ । एक पटकको फुल चार्जमा यस स्कुटरलाई १०० किलोमिटर सम्म चलाउन सकिने दाबी गरिएको छ । 

रिजेनेरेटिभ ब्रेकिङ सहितको कन्ट्रोलर उपलब्ध रहेको यस स्कुटरलाई इको, कम्फर्ट, स्पोर्ट र टर्बो मोडमा चलाउन सकिन्छ । हाल यसको मूल्य नेपाली बजारमा २ लाख ५९ हजार रुपैयाँ तोकिएको छ । तर पहिलो १०० ग्राहकका लागि भने कम्पनीले आकर्षक अफर पनि ल्याएको छ । पहिलो १०० ग्राहकका लागि कम्पनीले  २४ हजार रुपैयाँ छुट दिएको छ अर्थात्  २ लाख ३५ हजारमै लिन सकिन्छ । 

Logo