भारतको नयाँदिल्ली उड्न लागेको नेपाल एयरलाइन्सको वाइडबडीको आरए–२१७ को उडान रोकिएको छ। २ सय ५४ जना यात्रु लिएर नयाँदिल्ली जान लागेको वाइडबडीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले रोकिदिएको हो ।
विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनु्सार नागरिक उड्डयन प्राधिकरणले जाडो यामका लागि स्वीकृत गर्ने अन्तर्राष्ट्रिय उडानहरूको तालिका (अक्टोबर ३० देखि मार्च २७ सम्म) मा निगमको आइतबार र शुक्रबार हुने उडान कटौती गरेकाले उडान हुन नसकेको हो । अनुमति नलिई यात्रु बोर्डिङ गरेकाले पनि निगमको उडान रोक्नुपरेको उनको भनाई छ ।
यता प्राधिकरणले अन्तर्राष्ट्रिय उडान गर्ने स्वदेशी वायुसेवा कम्पनी हिमालय र नेपाल एयरलाइन्सलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कम्तीमा एक उडान गर्न र नगरे काठमाडौंबाट दैनिक हुने उडान कटौती गरिने भनी पत्राचार गरेको थियो। तर, दुवै कम्पनीले भैरहवाबाट उडान गर्ने गरी नयाँ तालिका नबनाएपछि प्राधिरकणले आइतबार नेपाल वायुसेवा निगमको दिल्लीमा हुने उडान रोकिदिएको हो ।
हवाइ रुट नै नपाएका कारण विमानस्थल सञ्चालन खर्चसमेत उठाउन समस्या आएपछि प्राधिकरणले वायुसेवा कम्पनीहरुलाई विन्टर सिजनको तालिकामा भैरहवाबाट उड्न बाध्यकारी गराउन थालेको बुझिएको छ । अहिले जजिरा एयरलाइन्सको मात्र उडान भएको गौतमबुद्ध विमानस्थल घाटामा चलिरहेको छ । विमानस्थल सञ्चालन खर्च वाषिर्क सवा एक अर्बसम्म लाग्ने अनुमान छ । व्यापार नहुने भैरहवामा जान नसकिने वायुसेवा कम्पनीहरुकाे अडान छ ।































प्रतिक्रिया