आज पनि उकालो लाग्यो नेप्से, कारोबार रकम डेढ अर्ब नजिक

आज पनि उकालो लाग्यो नेप्से, कारोबार रकम डेढ अर्ब नजिक

केन्द्रबिन्दु
0
Shares

साताको कारोबारको चौथो दिन आज पनि नेप्से परिसूचक बढेको छ । बुधबार ७.३२ अंकले वृद्धि भएर शेयर बजार १९३८.३० बिन्दुमा पुगेको हो । मंगलबार पनि बजार ५६.११ अंकले वृद्धि भएको थियो । 

सेन्सेटिभ इण्डेक्स ०.२१ प्रतिशत बढेको छ भने फ्लोट इण्डेक्स ०.२९ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४४ प्रतिशतले बढेको छ । मंगलबारको तुलनामा कारोबार रकम पनि बढेको छ । बुधबार कारोबारमा आएका २२७ कम्पनीको ४३ लाख ४६ हजार ७०८ कित्ता शेयर १ अर्ब ४६ करोड ७९ लाख १४ हजार ८७५ रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार २९ करोड ६६ लाख ४ हजार ६४२ रुपैयाँ बराबरको कारोबार भएको छ ।  

बुधबार बैंकिङ, व्यापार र निर्जीवन बीमा बाहेकका सबै उपसूचक बढेका छन् । बैंकिङ उपसूचक ०.१९ प्रतिशत र व्यापार उपसूचक १.२३ प्रतिशतले गिरावट भएको छ । 

Skip This
Skip This
Logo