आइएमई पेको निर्वाचन लक्षित हवाई यात्रा अफरः हरेक दिन १ रूपैयाँमा टिकट पाइने

आइएमई पेको निर्वाचन लक्षित हवाई यात्रा अफरः हरेक दिन १ रूपैयाँमा टिकट पाइने

केन्द्रबिन्दु
0
Shares

आइएमई पेले निर्वाचनको अवसरलाई मध्यनजर गर्दै हवाई यात्रा अफर सार्वजनिक गरेको छ।

साे अफर अनुसार आइएमई पे एपमार्फत हवाई टिकट काट्नेमध्ये हरेक दिन एक जना भाग्यशाली विजेताले १ रुपैयाँमा टिकट प्राप्त गर्ने कम्पनीले जनाएको छ। प्रयोगकर्ताहरुले हवाई टिकट खरिद गर्दा कुल रकम (फुल प्राइस) मै खरिद गर्नुपर्ने बताइएको छ।

यो अफरमा प्रतिदिन विजेता घोषित हुने एक जना भाग्यशाली विजेताले एक रुपैयाँ बाहेकको पूर्ण मूल्य क्यासब्याक पाउने छन्। निर्वाचनमा मतदाताहरूलाई आफ्नो मताधिकार प्रयोगमा सहज होस् भन्ने उद्देश्यका साथ यो अफर ल्याएको कम्पनीले जनाएको छ।

यस अफर मंसिर ९ गतेसम्म कायम हुनेछ।

Skip This
Skip This
Logo