८ प्रतिशत लाभांश वितरण गर्दै प्रभु बैंक

८ प्रतिशत लाभांश वितरण गर्दै प्रभु बैंक


प्रभु बैंकले गत आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट लगानीकर्तालाई ८ प्रतिशत लाभाांश वितरण गर्ने घोषणा गरेको छ। 

बैंकको हालै बसेको सञ्चालक समितिकाे बैठकले ६.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। 

बैंकले चुक्तापुँजी १२ अर्ब ७० करोड ८७ लाखको ६.५० प्रतिशतले हुने रकम ८२ करोड ६० लाख ६५ हजार रुपैयाँ बराबरको बोनस शेयर र १.५० प्रतिशतले हुने रकम १९ करोड छ लाख ३० हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ। गतवर्ष बैंकले १२ प्रतिशत बोनस सेयर र कर तिर्न ०.६३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।

Logo