काठमाडौं । इलाम–२ मतदान सुरु भएको छ । बिहान सात बजेबाट शान्तिपूर्ण रुपमा सबै मतदान स्थल र केन्द्रमा मतदान सुरु भएको इलामका मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिएका छन् ।
निर्वाचन आयोगले तोकेको समय शनिबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदाताहरुले मतदान गर्न पाउनेछन् ।
इलाम–२ मा ४२ वटा वडामा हुँदै गरेको मतदानका लागि ७९ वटा मतदान स्थल र १ सय ४९ वटा मतदान केन्द्रको व्यवस्था गरिएको घिमिरेले जानकारी दिए । मतादानमा सहजीकरण,पारदर्शिता र स्वच्छता कायम गर्न आयोगले ७ सय ४५ जना कर्मचारी खटाएको जनाएको छ ।
त्यस्तै, यसैगरी बझाङ प्रदेश सभा–१(१) मा पनि मतदान सुरु भएको छ । बझाङ प्रदेश सभा–१(१) मा ७४ मतदान स्थलमा ९३ वटै मतदान केन्द्रमा मतदाता हुने बझाङको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रतिनिधिसभातर्फ इलाम–२ मा १९ र प्रदेश सभातर्फ बझाङमा १ (१) मा ११ उम्मेदवार प्रतिस्पर्धामा छन्। इलाम–२ मा एक लाख १५ हजार ८८९ मतदाता छन्।बझाङ–१ (१) ६१ हजार ७४८ मतदाता छन्।
बझाङ १ (१) ७४ मतदानस्थल र ९३ मतदान केन्द्र छ। त्यसमध्ये ३१ केन्द्र सामान्य, ३० संवेदनशील एवं ३२ अतिसंवेदनशील रहेका छन्। दुवै जिल्लाका स्थानीय प्रशासनले निर्वाचन सुरक्षा व्यवस्था मजबुत पारेको दाबी गरेका छन्। आयोगले पनि निश्चिन्त भएर मतदान गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। इलाम –२ मा निर्वाचनमा मतदातालाई सहजिकरण होस भन्नाका लागि सार्वजनिक यातायात समेत सञ्चालन अनुमति प्रशासनले दिएको छ ।
तस्विरहरु…
![](https://kendrabindu.com/wp-content/uploads/2024/04/202404270718-594c414d-130b-4e59-912c-6b476f8bd9dc_medium-1-768x480.jpg)
![](https://kendrabindu.com/wp-content/uploads/2024/04/Photo-4-2-768x576.jpeg)
![](https://kendrabindu.com/wp-content/uploads/2024/04/Photo-8-2-768x576.jpeg)
![](https://kendrabindu.com/wp-content/uploads/2024/04/Photo-5-1-768x346.jpeg)
![](https://kendrabindu.com/wp-content/uploads/2024/04/Photo-1-3-768x576.jpeg)
![](https://kendrabindu.com/wp-content/uploads/2024/04/Photo-9-1-768x576.jpeg)
![](https://kendrabindu.com/wp-content/uploads/2024/04/MixCollage-27-Apr-2024-08-47-AM-8227-1-768x768.jpg)
प्रतिक्रिया