इसेवा मनी ट्रान्सफर र लुलु एक्सचेन्जको निम्तोमा राजेश हमाल युएई जाँदै

इसेवा मनी ट्रान्सफर र लुलु एक्सचेन्जको निम्तोमा राजेश हमाल युएई जाँदै

केन्द्रबिन्दु
0
Shares

नेपाली सिने जगतका महानायक राजेश हमाल युएईस्थित अन्तराष्ट्रिय मनी ट्रान्सफर कम्पनी लुलु एक्सचेन्ज र इसेवा मनी ट्रान्सफरको निम्तोमा आउँदो शुक्रबार युएई जाने भएका छन्। हमाल इसेवा मनी ट्रान्सफरको टोलीसंग त्यहाँ प्रस्थान गर्न लागेका हुन्। 

युएई प्रस्थान पश्चात २६ नोभेम्बरमा हमालले दुबई स्थित लुलु एक्सचेन्जका बर दुबई र जेबेल अली २ सपर्स मल शाखामा तथा अबुधाबीस्थित मदिनत जायेद शाखा र साबिया शाखामा पाल्नुहुने रेमिट्यान्स सेवाग्राही तथा त्यहाँ कार्यरत लुलु एक्सचेन्जका नेपाली कर्मचारीहरु संग भेटघाट तथा अन्तरक्रिया गर्नेछन्।

हमाल युएई पुगेर विशेषत इसेवा मनी ट्रान्सफरको "मेरो डिजिटल देश" अभियान प्रवर्धन गर्नेछन र विदेशबाट डिजिटल र वैधानिक माध्यमबाट सोझै नेपालका बैंक खाता र इसेवा वालेटमा पैसा पठाउनुका सहजता र फाइदाबारे सचेतना फैलाउने छन्। 

हमाल ब्राण्ड एम्बेसेडरको रुपमा इसेवा मनी ट्रान्सफरसंग आवद्ध रहेका छन् र सक्रिय रुपमा देश तथा विदेशमा "मेरो डिजिटल देश" अभियानको प्रवर्धनमा क्रियाशिल रहेका छन्।

के हो त इसेवा मनी ट्रान्सफरको "मेरो डिजिटल देश" अभियान र यसको उद्देश्य ?
मेरो डिजिटल देश अभियान देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको साझा अभियान हो। विदेशबाट डिजिटल र बैधानिक माध्यमबाट इसेवा मनी ट्रान्सफरमार्फत नेपालमा पाउने व्यक्तिको बैंक खाता वा इसेवा वालेटमा पैसा भित्राउँदै देशको अर्थतन्त्र सुदृधिकरणमा मद्दत पुर्याउने र डिजिटल माध्यमबाट रेमिट्यान्स पठाउँदा हुने सहजताको प्रचार प्रसार गर्दै रेमिट्यान्स पठाउँने र पाउने शैलीलाई पूणर्त डिजिटाइज गर्न मद्दत पुर्याउने नै यस अभियानको मुख्य उद्देश्य रहेको छ।

कसरी सहभागी बन्ने यस अभियानमा ? 
विदेशबाट इसेवा मनी ट्रान्सफर मार्फत नेपालमा पाउनुहुने व्यक्तिको बैंक खाता वा इसेवा वालेटमा पैसा पठाएर योजनामा सहभागी हुन सकिनेछ। साथै, विदेशबाट आएको नगद रेमिट्यान्स इसेवा वालेटमा प्राप्त गरेर पनि यस अभियानमा सहभागी हुन सकिनेछ।

के पाइन्छ यस अभियानमा सहभागी बने बापत ?
यस अभियान अन्तर्गतको योजनामा सहभागी बने वापत महिनै पिछे ६ महिनाको अवधिसम्म १ जनाले गिफ्ट प्याकेज पाउनेछन् भने १ जनाले योजनाको अन्त्यमा काठमाडौँमा सपनाको घर जित्न सक्नेछन् ।

इसेवा मनि ट्रान्सफरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ६० लाख भन्दा बढी प्रयोगकर्ताहरु र कुनै पनि बैंक तथा वित्तिय संस्थाको खातामा विप्रेषण रकम भित्राउँदै आएको छ । इसेवा मनि ट्रानसफरले आफ्ना सेवाग्राहीहरुलाई आफ्ना १२,००० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका १,००,००० भन्दा बढी क्यास प्वाइन्ट मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ । 

सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्विकृति प्राप्त इसेवा मनि ट्रान्सफर, देशभरका एक करोड दश लाख भन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।

Skip This
Skip This
Logo