हुन्डाईको कार किन्दा पाण्डेले पाए कतार विश्वकपको फाइनल हेर्ने अवसर

हुन्डाईको कार किन्दा पाण्डेले पाए कतार विश्वकपको फाइनल हेर्ने अवसर

केन्द्रबिन्दु
0
Shares

नेपालमा हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो ‘रोड टु फिफा वर्ल्ड कप २०२२ फाइनल’ का विजेताको घोषणा गरेको छ।  

नक्सालको शोरुममा एउटा विशेष कार्यक्रमका बीच कन्ज्युमर आई नेपालकी अध्यक्ष विमला खनाल र राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान अनिल गुरुङले हुन्डाई नेपालको आधिकारिक फेसबुक पेजबाट लाइभ मार्फत लक्की ड्र गरी विजेताको घोषणा गरेका हुन् । जसमा आफ्नो नाम रेजिस्टर गरेका ८८७ प्रमाणित ग्राहकहरू मध्ये नयाँपाल बहादुर पाण्डे भाग्यशाली विजेता बने। उनले कम्पनीको तर्फबाट विश्वकपको फाइनल प्रत्यक्ष हेर्न कतार जान पाउने भएका छन् । 

विश्वकपको फाइनल खेल डिसेम्बर १८ मा हुनेछ।  

हुन्डाईका सबै विद्यमान ग्राहकहरूले आफ्नो भीआईएन/भीईएन नम्बर मार्फत आफूलाई दर्ता गरी ‘रोड टु फिफा वर्ल्ड कप २०२२ फाइनल’ मा सहभागी हुन सक्ने प्रावधान कम्पनीले राखेको थियो।

साथै कम्पनीले हुन्डाई मोटरको ‘गोल अफ द सेन्चुरी’ अभियान अन्तर्गतको ‘टेस्ट ड्राइभ एन्ड विन’ शीर्षकको विश्वकप लक्षित अर्को क्याम्पेनका विजेता हस्तमाया गुरुङ र शेरबहादुर जिसीलाई बिदाइ गरिसकेको छ । 

Logo