हालै प्रवागको पहिलो इलेक्ट्रिक एसयुभी लन्च, यस्तो छ फिचर

हालै प्रवागको पहिलो इलेक्ट्रिक एसयुभी लन्च, यस्तो छ फिचर

केन्द्रबिन्दु
0
Shares

भारतीय स्टार्टअप कम्पनी प्रावगले आफ्नो पहिलो इलेक्ट्रिक एसयूभी लन्च गरेको छ । 

आधुनिक डिजाइनमा तयार पारिएको यस एसयूभीको लुक्स रेन्ज रोभर एसयूभीबाट प्रेरित छ, जुनमा ग्राहकको पहिलो आकर्षक रहेको छ । ५ हजार हार्डकेस सेल्सयुक्त लिथियम आयोन व्याट्री जडान गरिएको यस कारले  एकपटक फूल चार्ज गर्दा ५०० किलोमिटर माथी रेन्ज प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।  

यसमा ६ तवरबाट एड्जस्ट गर्न मिल्ने सिट, १५.६ इन्चको टचस्क्रिन डिस्प्ले, ३ डी साउन्ड सिस्टम, वायरलेस चार्जर र १५.६ इन्चको दुईओटा स्क्रिन लगायत फिचर सामेल गरिएको छ । एसयूभीको मूल्य भारतीय बजारमा ३९ लाख ५० हजार भारु निर्धाण गरिएको छ । यसलाई ५१ हजार तिरेर वुकिङ गर्न सकिने र २०२३ को अप्रिलदेखी डेलीभरी शुरु हुने कम्पनीले जनाएको छ । 

Skip This
Skip This
Logo