नेपालको एकमात्र इलेक्ट्रिकल एवं इलेक्ट्रोनिक्स सामग्रीहरुको अन्तर्राष्ट्रिय स्तरकै बृहत प्रदर्शनी एवं गोष्ठीको दशौं संस्करण ‘फीन इलेक्ट्रो टेक– २०२२’ को लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ । चार दिनसम्म चल्ने फीन इलेक्ट्रोटेक– मेला २०२२ बिहीवारदेखि काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुँदै छ । मेलामा इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामग्रीहरुको किनबेच सँगै विविध कुराको जानकारी गराईनेछ । मेलामा यस वर्षको नारा ‘नेपालको समृद्धि, उर्जा खपत अभिवृद्धि’ रहेको छ ।
विद्युत् तथा विद्युतीय सामग्रीहरुको व्यवसाय विकास एवं यस क्षेत्रसँग आवद्ध आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारको सहजीकरण एवं प्रवद्र्धनका लागि मेला आयोजना गर्न लागिएको नेपाल विद्युतीय व्यवसायी महासंघले जनाएको छ । मेलाले इलेक्ट्रोनिक व्यवसायी,इन्जिनियर विद्यार्थी लगायत सबै सरोकारवालाहरुलाई लाभ दिने नेपाल विद्युत व्यवसायी महासंघका अध्यक्ष सुदर्शन प्रसाद पौडेलको भनाइ छ ।
चार वर्षपछि हुन लागेको मेलामा नेपाली उत्पादन लगायत बहुराष्ट्रिय कम्पनीहरुको उत्पादनहरु, ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामग्री,उर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ सामग्री, वायर, केबुल एवं कण्डक्टर, हाउसहोल्ड उपकरण, फिक्चर्स, इलेक्ट्रोनिक उपकरण, कार्यालय प्रविधि, बहुसञ्चार उपकरण, सूचना प्रविधि, वैकल्पिक उर्जा तथा अन्य विद्युतीय सामग्रीको प्रदर्शन गरिने नेपाल विद्युत व्यवसायी महासंघका महासचिव कमल पोखरेलले बताए ।
राष्ट्रिय एवं अन्तर्राष्ट्रिय इलेक्ट्रिक, इलेक्ट्रोनिक्स, सञ्चार एवं सूचना प्रविधि तथा विद्युतीय वैकल्पिक उर्जा उद्यमीहरूलाई एकै स्थानमा जमघट गराई व्यवसाय प्रवद्र्धन गर्नुको साथै यी उद्योगमा भएका नवीनतम उपलब्धीहरू बारे सूचना आदान–प्रदान गर्ने तथा उपभोक्ता वर्गलाई यस सम्बन्धी जानकारी अद्यावधिक गराउन सहयोग पु-याउने लक्ष्य आयोजकको छ ।
मेला करिव १ लाख जनाले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । सन् १९९६ देखि हरेक २ वर्षमा हुँदै आएको मेला कोरोना महामारीका कारण यसपटक भने ४ वर्षपछि हुन लागेको हो ।
इलेक्ट्रोटेकमा नेपालभरका तथा र नेपाल बाहिरका व्यान्डहरु यसमा सहभागी हुन आउने नेपाल विद्युत व्यावसायी संघका कोषाध्यक्ष गोपाल अग्रवाल बताउँछन् । इलेक्ट्रिक उत्पादन प्रयोग गर्ने इन्डस्ट्रीलाई, उपभोक्तालाई, आर्किटेक बिल्डल्र्स, होटललगायत जो इलेक्ट्रिकसँग रिलेटेड छ सबैलाई यसले धेरै सहयोग गर्ने समेत उनको भनाइ छ ।
त्यस्तै, नेपाल विद्युत व्यवसायी संघका प्रथम उपाध्यक्षका अनुसार नेपाल भित्रिएका नयाँ नयाँ टेक्नानोलोजीलाई एउटै छानामुनी राखेर के–कस्ता सामग्री भित्रिएका छन् भन्ने कुराको जानकारी दिनमेला आयोजना गरिएको हो । उनी भन्छन्, ‘मेलामा सबैले नयाँ टेक्नोलोजी ल्याउने हुँदा सबै उपभोक्ता तथा व्यवसायीलाई फाइदा हुन्छभने उपभोक्ता आफै आएर आफ्नो घरमा भएको र मेलामा उपलव्ध हुने सामग्रीमा कति फरक छ भन्ने कुराको अवलोकन पनि गर्न सक्नेछन । त्यति मात्र नभइ विजुलीले के के फाइदा गर्छ, विजुलीको बिल कम गर्न सक्ने सामानहरु पनि छ । त्यसैले गुणस्तरीय सामानहरु उत्पादन गरौं, विक्री वितरण गरौं भन्ने हाम्रो मुख्य उद्धेश्य हो ।’































प्रतिक्रिया