पारामाउन्ट मोटर्सले नेपाली बजारमा म्याक्सस ब्रान्डका दुई मोडलका पिकअप बिक्री प्रारम्भ गरेको छ ।
टी६० र टी७० मोडलका यी दुई पिकअप कमर्सियल र प्यासेन्जर दुवै कार्यका लागि उपयोग गर्न सकिन्छ । चिनिय सवारी निर्माता कम्पनी एसएआईसीले उत्पादन गरेको यो ब्रान्ड अन्तर्गत म्याक्सस टी६० २.८ लिटर र टी७० २।० लिटर ट्रबो डिजेल इन्जिनमा उपलब्ध छन् । टी६० ले १४८ एचपी पावर र ३६० एनएम टर्क जेनेरेट गर्छ भने टी७० ले १४८ एचपी पावर र ३७५ एनएम टर्क जेनेरेट गर्छ ।
यसमा ६– स्पिड गियर बक्स उपलब्ध छ । यो पिकअप फोर ह्वील ड्राइभ सुविधा भएको गाडी हो । दुवै पिकअपमा इको, नर्मल र पावर गरी तीन ड्राइभिङ मोडहरु छन् । यसमा ३१५५ एमएमको ह्वीलबेस छ भने ग्राउन्ड क्लियरेन्स २१५ एमएम रहेको छ ।
टी६० मा २७७६ सीसी र टी७० मा १९९५ सीसी इन्जिन उपलब्ध छ। जसमा युरो ४ सट्यान्डर्डको शुन्य कार्वन उत्सर्जन प्रविधि पनि राखिएको छ । यस्तै यसमा ७५ लिटर स्टोरेज क्षमता भएको फ्युअल ट्यांकको व्यवस्था गरिएको छ । यो ५ सिटर पिकअप हो ।
टी७० डिलक्स भर्सनमा र टी६० लक्जरियस भर्सनमा उपलब्ध छ । गाडीमा हाइड्रोलिक पावर स्टेयरिङ, टिल्ट एडजस्डेबल स्टेयरिङ छ । यसमा क्रुज कन्ट्रोल पनि छ । सुरक्षाका लागि यसले ५ स्टार एनक्याप रेटिङ प्राप्त गरेको छ । दुबैमा डिस्क ब्रेक उपलब्ध छ । यस्तै ह्यान्ड पार्किङ ब्रेक र थ्री प्वाइन्ट सेफ्टी बेल्ट उपलब्ध रहेको छ ।
एलईडी हेडलाइट, फ्रन्ट र रियर फगल्याम्प, डे–टाइम रनिङ ल्याम्प, अटोमेटिक फ्रन्ट वाइपर जस्ता फिचरहरुको सुविधा छन् । म्याक्सस टी७० को मूल्य ६८ लाख ४९ हजार र टी६० को मूल्य ७७ लाख ९९ हजार रुपैयाँ छ ।





























प्रतिक्रिया