‘इलेक्ट्रा इलेक्ट्रिक’ ब्राण्ड सबैको मनमा बस्न सफल छ -सुरज सिंह ठकुरी

‘इलेक्ट्रा इलेक्ट्रिक’ ब्राण्ड सबैको मनमा बस्न सफल छ -सुरज सिंह ठकुरी

केन्द्रबिन्दु
0
Shares

इलेक्ट्रा इलेक्ट्रिक कम्पनीको ब्राण्ड एम्बेस्डर सुरज सिहं ठकुरीले इलेक्ट्रा इलेक्ट्रिक सबैको मनमा बस्न सफल भएको बताएका छन् । भृकुटीमण्डपमा चलिरहेकाे फीन इलेक्ट्रोटेकको बृहत प्रदर्शनीमा कम्पनीको नयाँ उत्पादन सेलिजको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।  

साे अवसरमा बोल्दै उनले भने- 'सधै विश्व प्रख्यत ब्राण्डसँग आवद्ध हुन जसलाई पनि मन लाग्छ । तर जबसम्म पहिलो खुड्किलोमा कसैले साथ दिँदैन, त्यो ठूलो ब्राण्ड हुँदैन । मैले सुरुवती दिनहरुमा अग्रजहरुको त्यति साथ पाईन् । सानो तहबाट नै अगाडि बढ्नुपर्छ भन्ने सोचलेनै म यो इलेक्ट्रा इलेक्ट्रिक ब्राण्डमा आबद्ध भएको हो ।' 

उनले थपे- 'मलाई विश्वास छ मेरो सहकार्य र ब्राण्डको आफ्नो गुणस्तरीयले गर्दा आगमी दिनमा राम्रो ब्राण्डको रुपमा परिचित हुनेछ ।' इलेक्ट्रा इलेक्ट्रिकको सबै उत्पादन गुणस्तरीय भएको कम्पनीले दाबी गरेको छ । नेपाल विद्युतीय व्यवसायी महासंघकाे आयोजनामा फीन इलेक्ट्रोटेक २०२२को दशौं संस्करण बिहीबारदेखि काठमाडौंको भृकुटीमण्डपमा चलिरहेकाे छ । ५० भन्दा बढी स्टल रहेकाे यस मेलामा विभिन्न विद्युतीय उत्पादनको प्रदर्शनी भइरहेको छ ।

ठकुरी कान्तिपुर टेलिभिजनका कार्यक्रम प्रस्तोताका साथै अभिनेता पनि हुन् । उनी नाई न भन्नु ल ३ फिल्ममा अभिनय गरी चलचित्र क्षेत्रमा प्रवेश गरेका थिए । साे अवसरमा सञ्चारकर्मीसँग उनले राम्रो स्क्रिप्ट र आफूले अभिनय गर्ने जस्तो रोल पाएमा फेरि नेपाली चलचित्र क्षेत्रमा प्रवेश गर्ने पनि बताएका छन् । हाल उनले चलचित्र क्षेत्रबाट सानो ब्रेक लिएको बताए । 

Logo