११.११ को व्यापक सफलतापछि नेपालको अग्रणी अनलाइन बजार दराजले वर्षको अन्तिम अभियानको रुपमा दराज १२.१२ घोषणा गरेको छ ।
सोमबारबाट सुरु हुने यो ग्राण्ड इयर एन्ड सेल देशभरका ग्राहकहरूलाई आफ्ना मनपर्ने उत्पादनहरूमा थुप्रै, छुट र अफरहरू प्राप्त गर्ने अर्को अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ। अभियानका मुख्य विशेषताहरूमा ७० प्रतिशतसम्मको मेगा डिल, ७ हजार रुपैयाँ सम्मको मेगा भाउचर, १२१२ रुपैयाँसम्मको प्रिपेमेन्ट छुट, २ लाख ७ हजारको ग्राण्ड एमआई ह्याम्पर गिभवे समावेश छन्।
बैंक र प्रिपेमेन्ट छुटको सन्दर्भमा ग्राण्ड इयर एन्ड सेलको समयमा किनमेल गर्ने ग्राहकहरूले क्रेडिट कार्ड मार्फत १२ प्रतिशत (अधिकतम रु. १२१२) र डेबिट कार्ड मार्फत १० प्रतिशत (अधिकतम रु. १,०००) सम्मको छुट प्राप्त गर्न सक्नेछन्।
एभरेष्ट बैंक, एनएमबी बैंक, सानिमा बैंक र कामना सेवा बैंकका ग्राहकहरूले माथि उल्लेखित छुटहरू प्राप्त गर्न सक्नेछन् । त्यस्तै, ग्राहकले आफ्नो आईएमई वालेटमार्फत भुक्तानी गरेमा १२ प्रतिशत अधिकतम ३३३ रुपैयाँको थप छुट पाउन सक्ने कम्पनीले जनाएको छ ।





























प्रतिक्रिया