नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले नेपालगन्जदेखि मेरो प्लानेटसम्म आयोजना गरेको अपाचे ओनरस्ग्रुप (एओजी) राइडको धुमधामका साथ सम्पन्न भएको छ ।
३७ जना राइडरहरुको सहभागिता रहेको उक्त कार्यक्रममा अपाचे राइडरहरु यात्राको क्रममा विभिन्न मनोरञ्नात्मक गतिविधिहरूमा संलग्न भएका थिए भने कार्यक्रम आयोजना गरेकोमा खुसी व्यक्त गरेर टीभीएसको प्रशंसा पनि गरे ।
“नेपालगन्ज यस्तो राइडको आयोजना धेरै थोरै मात्र हुन्छ । जगदम्बा मोटर्स्लाई नेपालगन्जमा बाइकरहरुको समुदाय बनाएर हामीलाई बाइकिब प्रविधि सिक्ने मौका दिएकोमा धन्यवाद दिन चहान्छौं ।” सो राइडका एक सहभागी भन्छन्, “हामीले फेसबुक र भाइबरका एओजी राइडर्स नेपाल समूहमा पनि सामेल भयौं जसले हामीलाई आगामी दिनहरुमा टीभीएसले आयोजना गर्ने राइड तथा कार्यक्रमहरूको बारेमा अपडेट राख्नेछ । यसले हामीलाई भविष्यमा पनि यस प्रकारका कार्यक्रमहरूमा भाग लिन उत्सुक बनाएको छ।”
टीभीएसले काठमाडौं, कोशी, गण्डकी, लुम्बिनी, नारायणी लगायत देशका विभिन्न स्थानमा एओजी राइड कार्यक्रम आयोजना गरिसकेको छ । अत्याधिक रुचाइएको यो अभियान नेपालका अन्य क्षेत्रमा पनि आयोजना गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।
एओजी अपाचे बाइक भएका राइडरहरूको समुदाय हो, जुन मोटरसाइकलप्रति उनीहरुको प्रेम, जोश, र लगाव बाड्ने एउटा साझा प्लेटफर्म हो । भारत तथा अन्य राष्ट्रहरूका अपाचे राइडरहरुले बनेको यस समुदायले सम्पूर्ण राइडरहरुलाई एकजुट बनाएर विभिन्न कार्यक्रम तथा साहसिक खेलहरुमा संलग्न गराउँछ ।































प्रतिक्रिया