काठमाडौं ।
लामो समयदेखि निरन्तर बढ्दै आएको सुनको मूल्य आइतबारदेखि भने घट्न थालेको छ । साताको पहिलो दिन आइतबार सुन ९ सयले घटेको थियो । आज पनि २ सयले घट्दै सुन प्रतितोला १ लाख २ हजार ४०० मा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
गत शुक्रबार नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो ।
अघिल्लो हप्ता आइतबार ३ सयले बढेको सुन सोमबार स्थिर रहेको थियो । मंगलबार ३ सयले बढ्दै सुन ९९ हजार ८ सयमा कारोबार भएको थियो भने बुधबार १६ सयले बढेको थियो । विहिबार ११ सयले बढेको सुन शुक्रबार १ हजारले बढेर १ लाख ३ हजार ५ सयको उच्च बिन्दुमा पुगेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको आजको मूल्य प्रतितोला १ हजार ३९५ रुपैयाँ कायम गरिएको छ । यो १५ रुपैयाँले कमी हो । आज तेजाबी सुन प्रतितोला १ लाख १ हजार ९०० मा कारोबार भइरहेको छ ।
मूल्य बढ्दै गए पछि कारोबार भने घटेको छ । सुन बजार सुनसान देखिन्छ ।





























प्रतिक्रिया