हवाई मार्ग हुँदै स्वदेश फर्किए ४८ हजार नेपाली

हवाई मार्ग हुँदै स्वदेश फर्किए ४८ हजार नेपाली

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कोभिड–१९ संकटका कारण रोजगारी अन्य पेशा, व्यवसाय गुमाएका करिब ४८ हजार नेपाली स्वदेश फर्किएका छन् ।

यसरी फर्किएकामध्ये ४१ हजार प्रमुख सात श्रम गन्तव्यका श्रमिक रहेका छन् । विगत एक महिनादेखि विभिन्न ३० देशहरूबाट अलपत्र परेर फर्काइएका नेपालीको संख्या आइतबारसम्म ४८ हजार ३२४ पुगेको छ । यसरी फर्कनेमध्ये कतार, यूएई, साउदी अरब, मलेसिया, कुबेत, बहराइन र कोरियाका बढी रहेका छन । कोभिड १९ संकट व्यवस्थापन केन्द (सीसीएमसी) र नागरिक उड्डयन प्राधिकरणका अनुसार शनिबारसम्म ४८ हजार ३२४ नेपाली फकिएका छन् ।

सीसीएमसीका अनुसार आइतबारसम्म ३० देशबाट चार्टर उडानमार्फत आएकामध्ये ८० प्रतिशत श्रम गन्तव्यबाट आएका छन् । जेठ १२ गतेको मन्त्रिपरिषद् बैठकले नेपाली नागरिकलाई स्वदेश ल्याउन सहजीकरण गर्ने सम्बन्धी आदेश जारी गरेपछि हालसम्म सो संख्यामा नेपाली स्वदेश फर्काइएको हो ।

प्राप्त विवरण अनुसार स्वदेश आएकामध्ये ४१ हजारभन्दा बढी नेपाली साउदी अरब, कतार, यूएई, मलेसिया, बहराइन र दक्षिण कोरियामा रहेका छन् । यसमध्ये यूएईबाट १२ हजार ३३५ , साउदी अरबबाट ७ हजार ७२३ , मलेसियाबाट ७ हजार १२०, कतारबाट ५ हजार ३७७ कुवेतबाट ६ हजार ३ सय २९ जना रहेका छन् । लकडाउनका कारण श्रम गन्तव्य तथा अन्य देशमा अलपत्र परी नेपाल फर्कन निवेदन दिएका मध्ये १ महिना ४८ हजार नेपाली स्वदेश फर्किएका छन् ।

मलेसियास्थित नेपाली दूतावासमा अझै पनि १ हजार ६ भन्दा बढी नेपालीले स्वदेश फर्कउन आवेदन भरेका छन् । कोभिड–१९ संकट व्यवस्थापन समितिले भारतबाहेक तेस्रो मुलुकमा समस्यामा परेका सो संख्याका नेपाली फर्किएको जनाएको छ । असारदेखि हालसम्म विभिन्न मुलुकबाट कोरोनाका कारण समस्यामा परेर फर्किएका नेपालीमध्ये सबैभन्दा प्रमुख श्रम गन्तव्य यूएई, साउदी अरब, कुवेत, कतार, मलेसिया, युएई, बहराईन र कोरियामा रहेका श्रमिक बढी रहेका छन् ।

कोरोनामा विदेश जाने भन्दा फर्कने बढी रहेका कारण स्वदेशमा रोजगारी व्यवस्थापन गर्न कडिनाई हुने देखिएको छ । श्रम विज्ञ डा. गणेश गुरुङ स्वदेश फर्कने नेपालीको संख्या बढी हुने र विदेश जाने रोकिदा स्वदेशमा रोजगारी व्यवस्थापन गर्न चुुनौती हुने बताउँछन् । उनले विदेशबाट बेरोजगार भएर फर्कने युवाको रोजगारीका लागि विकल्प खोज्नु पर्ने बताए ।कारोबारबाट

Logo