आयल निगमका प्रवक्ता विनितमणि निर्देशकमा बढुवा, अन्य पदमा काे परे ?

आयल निगमका प्रवक्ता विनितमणि निर्देशकमा बढुवा, अन्य पदमा काे परे ?

केन्द्रबिन्दु
0
Shares

नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्याय निर्देशक पदमा बढुवा भएका छन् । निगमको पदपूर्ति समितिको निर्णयअनुसार आपूर्ति तथा वितरण विभागका उपनिर्देशक उपाध्यायलाई १०औं तह निर्देशकमा बढुवा गर्न सिफारिस गरिएको हो । 

उपाध्याय २०५९ वैशाखमा प्राविधिक इन्जिनियरिङ सेवाबाट सातौं तहमा निगममा थानकोट डिपोबाट प्रवेश गरेका थिए। त्यस डिपोको प्रमुख हुँदै उनको निगमको केन्द्रिय कार्यालयमा सरुवा गरिएको थियो।  वीरेन्द्र गोइत निगमका प्रवक्ताबाट हटेपछि उनले सो पद सम्हालेका थिए । 

यस्तै, निगमले अन्य पदमा पनि २१ जनाको बढुवा गरेको छ। 

Logo