हुन्डाई भेन्यू, किया सोनेट, सुजुकी व्रेजा, टाटा नेक्सन र एक्सयूभी ३०० लगायत ब्राण्डका कारहरुको मूल्य अब सस्तो हुने भएको छ ।
भारत सरकारले एसयूभीको वर्गिकरण गरेर साना एसयूभीमा लाग्दै आएको जिएसटी दरलाई परिमार्जन गर्ने तयारी गरेसँगै अधिकांश ग्राहकको पहिलो रोजाईका यी कार सस्तो मूल्यमै उपलब्ध हुनसक्ने भएको हो ।
हाल सवै प्रकारका एसयूभीमा २० देखी २२ प्रतिशतसम्म जिएसटी लाग्दै आएको छ, तर अब यसलाई परिमार्जन गरेर साना एसयूभीमा जम्मा ५ प्रतिशत मात्र लाग्ने व्यवस्था गर्न लागिएको हो । यसका लागी १५०० सिसी भन्दा ठूलो इन्जिन, ४ मिटर भन्दा बढी लम्वाई र १७० एमएम भन्दा बढी ग्राउन्ड क्लिरियन्स भएका गाडीलाई मात्र एसयूभी मान्ने तयारी भएको बताइएको छ ।
यसो हुँदा सो मापदण्डभन्दा तलका गाडीहरु हाल कारोवार भैरहेका हुन्डाई भेन्यू, किया सोनेट, सुजुकी व्रेजा, टाटा नेक्सन र एक्सयूभी ३०० लगायत कारको मूल्य सस्तो हुने भएको हो ।
हुन्डाईले भेन्यूको डिजेल मोडलमा १४९३ तथा पेट्रोलमा ९९८ र ११९७ सिसी क्षमताको इन्जिन दिएको छ भने सुजुकी व्रेजामा १४९७ सिसीको इन्जिन उपलब्ध रहन्छ । साथै टाटा नेक्सनमा १४९७ सिसी डिजेल तथा ११९९ सिसी पेट्रोल इन्जिन दिइएको छ भने महिन्द्रा एक्सयूभी १४९७ सिसी डिजेल र ११९९ सिसी पेट्रोल इन्जिन अप्सनमा उपलब्ध रहँदै आएको छ । यी सबै भारत सरकारले लागू गर्न तयार गरेको मापदण्डभन्दा तलका हुन् ।





























प्रतिक्रिया