लमजुङ र गोरखाको सीमा क्षेत्र चेपे खोलामा निर्माणाधीन ७ मेगावाटको चेपे-ए जलविद्युत आयोजनामा भएकाे तोडफोडबाट ३३ करोडभन्दा बढीकाे क्षति भएको छ । सन् २०२२ सम्म निर्माण सम्पन्न गर्ने लक्ष्यसहित आयोजनाले काम गरिरहेकेा थियो ।
आयोजनाको संरचनामा भएको तोडफोड र आगजनीबाट ३३ करोडको क्षति भएको आयोजनाकाे भनाइ छ । लमजुङको वृहत सिंचाइ आयोजना राइनासटार सिंचाइ आयोजनाको मुहाननै प्रभावित पार्ने गरी आयोजना निर्माण गरेको भन्दै प्रभावित स्थानीयले आयाेजनामा तोडफोड गरेका हुन् ।
स्थानीयले गरेको तोडफोड र आगजनीबाट साढे तीन करोड बराबरको भौतिक क्षति भएको आयोजनाका अध्यक्ष डा. हरिराम पराजुलीले बताए । आयोजनाको भौतिक क्षतिसहित अब आयोजना पुनर्निर्माणका लागि लाग्ने अनुमानित खर्च र समय हिसाब गर्दा कम्तीमा ३३ करोड खर्च हुने अध्यक्ष पराजुलीको भनाइ छ ।
आक्रोशित स्थानीयले आयोजनाको दुई वटा ट्रक, दुई वटा मोटरसाइकल, दुई वटा जेनेरेटर र स्टोरमा आगलागी गरेका थिए भने आयोजनाको कार्यालय भवनमा तोडफोड गरेका थिए ।
०५२ सालमा सम्पन्न भई सञ्चालनमा आएको राइनासटार सिँचाई योजनाको मुहान माँसिने गरी जलविद्युत आयोजनाको विद्युतगृह निर्माण भइरहेको उपभोक्ताको आरोप छ । आयोजनाको विद्युत गृह नहरको मुहानभन्दा करिब २०० मिटर तल हुने गरी निर्माण भइरहेको छ ।
प्रवर्द्धक कम्पनी चम्पावती हाइड्रो पावर कम्पनीले निर्माण गरिरहेको उक्त आयोजनाको ६० प्रतिशत काम पूरा भइसकेको बताइएकाे छ ।































प्रतिक्रिया