टाटा मोटरसको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंगले आजदेखि मेगा सर्भिस क्याम्पको आयोजना प्रारम्भ गरेको छ ।
आगामी मंगलबारसम्म १२ वटा विभिन्न ग्राहक सेवा केन्द्रहरुमा चल्ने यो सर्भिस क्याम्प काठमाडौँ उपत्यकामा बागडोल, बालकुमारी र सोल्टीमोडमा हुनेछन् भने बाँकी उपत्यका बाहिरका स्थानहरु पोखरा, इटहरी, मेची, बिरगंज, ढल्केबार, हेटौंडा, धनगढी, नेपालगंजमा रहेका छन् ।
यस क्याम्पमा टाटाका 'पेसेन्जर' श्रेणीका गाडीहरुको अत्यन्त प्रभावकारी ढंगले आवश्यक जाँच गरिने छ। यस्तो जाँच गराउदा गाडी धनीहरुले विभिन्न आकर्षक छुट एवं अन्य सुविधाहरु प्राप्त गर्ने सक्नेछन। म्याक लुब्रिकेंट, एक्साइड ब्याट्री र स्पेयर पार्ट्सको खरिदमा क्रमश : १८, १५ र १८ प्रतिशत छुट लगायत टप वाशिंग , कम्प्युटर डायग्नोसिस, सस्पेन्सन चेक-अप , ब्याट्री र इलेक्ट्रिकल चेक-अपको सुविधा पनि नि: शुल्क प्रदान गरिनेछ।
यसको अतिरिक्त यस क्याम्पमा संजीवनी इन्जिन प्याकेज अन्तर्गतको रु .४ हजार नगद फिर्ताको पनि व्यवस्था रहेकाे कम्पनीले जनाएकाे छ ।





























प्रतिक्रिया