मनकामना केबलकार अनिश्चितकालका लागि बन्द

मनकामना केबलकार अनिश्चितकालका लागि बन्द

केन्द्रबिन्दु
0
Shares

मनकामना केबलकार तत्कालकालागि बन्द गरिएको छ । केबलकारको प्यानल (थाइरिस्टर प्यानल)मा ठूलो क्षति पुगेकाले सेवा स्थगन गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार विद्युत् आपूर्तिमा भएको समस्याका कारण केबलकारको प्यानलमा क्षति पुगेको हो । मर्मतका लागि निर्माता कम्पनी अष्ट्रियाको डोपलमायरकै प्राविधिक आउनुपर्ने कम्पनीले जनाएको छ । अर्को सूचान जारी नभएसम्म केबलकार सेवा स्थगन रहने कम्पनीले जानकारी गराएको छ ।

“विद्युत् आपूर्तिमा भएको समस्याका कारण केबलकारको प्यानल (थाइरिस्टर प्यानल)मा ठूलो क्षति पुग्न गएको कारण र निर्माता कम्पनी अष्ट्रियाको डोपलमायरकै प्राविधिक नै आउनुपर्ने भएकोले अर्को सूचान नभएसम्म केबलकार सेवा स्थगन रहने जानकारी गराउदँछौँ,” कम्पनीले सोमबार बिहान जारी गरेको सूचनामा उल्लेख छ, “यसबाट पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी गर्दछौँ । यथासक्दो चाँडो सेवा सुचारु गर्नेछौँ ।”

Logo