केटीएम इन्टरनेसनल ट्रेडिङले सुनरा ईभीको इलेक्ट्रिक स्कुटर रोबो–एस नेपाली बजारमा भित्र्याउने भएको छ । चीनको प्रतिष्ठित इलेक्ट्रिक सवारी निर्माता कम्पनी सुनरा ईभीको सो स्कुटर आगामी फेब्रुअरी महिनासम्म बजारमा आउने भएको हो ।
क्लिन एन्ड स्मुथ डिजाइनमा निर्माण भएको यस इलेक्ट्रिक स्कुटरमा ७२ भोल्ट २० एम्पियर आवरको डबल ब्याट्री प्रयोग गर्न सकिन्छ र यसले सिंगल चार्जमा १३५ किलोमिटर सम्मको रेन्ज दिन्छ । यसमा ३ हजार वाटको सुनरा मोटर पनि रहेको हुन्छ ।
कम्पनीका अनुसार यो स्कुटरले प्रदान गर्ने २३० एनएम पिक टर्क र ७५ किलोमिटर प्रतिघण्टाको टप स्पिडले एकनास र स्मुथ खालको यात्रा अनुभव गराउँछ । यात्रालाई थप सहज बनाउन इन्टिग्रेटेड एलईडी टेललाइट, ५ भोल्ट यूएसबी सेलफोन चार्जिङ, रिट्रयाक्टेबल फुटरेस्ट पनि जडान छन् । क्रुज कन्ट्रोल प्रविधि तथा रिभर्स मोड समेत भएको यो स्कुटरमा थ्री स्पिड मोड रहेको छ भने वान टचमै स्टार्ट गर्न सकिन्छ ।
नेपाली बजारमा ल्याउँदा यस इलेक्ट्रिक स्कुटरको मूल्य ३ लाख ८० हजार रुपैयाँसम्म पर्ने बताइएको छ ।





























प्रतिक्रिया