टाटा मोटरसको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंगकाे आयोजनामा भएकाे मेगा सर्भिस क्याम्पकाे आज सफलतापूर्वक सम्पन्न भएको छ ।
१२ वटा विभिन्न ग्राहक सेवा केन्द्रहरुमा चलेकाे यो सर्भिस क्याम्प काठमाडौँ उपत्यकामा बागडोल, बालकुमारी र सोल्टीमोडमा रहेका थिए भने बाँकी उपत्यका बाहिरका स्थानहरु पोखरा, इटहरी, मेची, बिरगंज, ढल्केबार, हेटौंडा, धनगढी, नेपालगंजमा रहेका थिए ।
यस तीन दिने क्याम्पमा टाटाका ९५५ वटा "पेसेन्जर" श्रेणीका गाडीहरुको अत्यन्त प्रभावकारी ढंगले जाँच एवं मर्मत सम्भार गरिएको थियो भने १ हजार ५३३ व्यक्तिहरुको सहभागिता थियो । यस्तो जाँच गराउँदा गाडी धनीहरुले विभिन्न आकर्षक छुट एवं अन्य सुविधाहरु प्राप्त गरेका थिए ।
म्याक लुब्रिकेंट, एक्साइड ब्याट्री र स्पेयर पार्ट्सको खरिदमा क्रमश : १८, १५ र १८ प्रतिशत छुट लगायत टप वाशिंग , कम्प्युटर डायग्नोसिस , सस्पेन्सन चेक-अप , ब्याट्री र इलेक्ट्रिकल चेक- अपको सुविधा पनि नि: शुल्क प्रदान गरिएको थियो । यसको अतिरिक्त यस क्याम्पमा संजीवनी इन्जिन प्याकेज अन्तर्गतको रु. ४ हजार नगद फिर्ताको पनि व्यवस्था थियो ।
"हाल नेपालमा टाटाका पेसेन्जर श्रेणीका गाडीहरु बजार द्रुत गतिमा भइरहेको छ । यसै सन्दर्भमा यस्ता गाडीहरुको ग्राहकहरुलाई उत्कृष्ट तवरले सेवा प्रदान गर्ने मुख्य उद्देश्यसहित मेगा सर्भिस क्याम्पको आयोजना गरेका थियौं" सिप्रदी ट्रेडिंगका कस्टोमर केयर प्रमुख कुमारी भण्डारीले भने, "यो क्याम्पमा हामीले साेचेकाे अपेक्षाभन्दा पनि बढी ग्राहकहरुको सहभागिता भयो । यसले कम्पनीलाई भविष्यमा अझ उत्कृष्ट भन्दा उत्कृष्ट सेवा /सुविधा उनीहरुलाई प्रदान गर्ने प्रेरणा मिलेको छ।"































प्रतिक्रिया