महासंघका पदाधिकारीले भेटे गृहमन्त्री लामिछानेलाई

महासंघका पदाधिकारीले भेटे गृहमन्त्री लामिछानेलाई

केन्द्रबिन्दु
0
Shares

नवनियुक्त उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको पदाधिकारी प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ । 

गृह मन्त्रालयमा भएकाे भेटवार्तामा महासंघका अध्यक्ष गोल्छाले नवनियुक्त गृह मन्त्रीलाई सिंगो निजी क्षेत्रकातर्फबाट बधाई एवं शुभकामना दिएका थिए । सो अवसरमा उनले मुलुकको उद्योग व्यवसाय र अर्थतन्त्रका विविध पक्षमाथि ब्रिफिङ गरे। 

भेटवार्ताका क्रममा महासंघ तथा जिल्ला/नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघका पदाधिकारी एवं कार्य समितिका सदस्य उद्योगी व्यवसायीको मर्यादाक्रमको उचित प्रबन्धका लागि अनुरोध समेत गरिएको थियो ।

त्यसैगरी सीमाक्षेत्रबाट हुने अवैध आयात/व्यापार नियन्त्रणमा पनि महासंघले भेटवार्ताका गृहमन्त्री समक्ष अनुरोध गरेको थियो। भेटवार्तामा शान्ति सुरक्षाको विषयमा पनि जोड दिइएको थियो । 

जिल्ला जिल्लामा हुने औद्योगिक व्यापारिक मेला महोत्सवको आयोजना उद्योग वाणिज्य संघहरूबाट गर्ने व्यवस्थाका लागि सहयोग गर्न आग्रह गरिएको थियो । 

सो अवसरमा नवनियुक्त गृहमन्त्री लामिछानेले महासंघको शुुभकामना तथा सदासयताका लागि आभार प्रकट गरे। उनले देशका लागि अर्थतन्त्र, उद्योग व्यवसायको महत्वलाई आफूले राम्रोसँग मनन गरेकाले भेटवार्तामा महासंघले राखेका सुुझावलाई आफूले गम्भीरतापूर्वक अध्ययन गरी कार्यान्वयनमा सकेको सहयोग गर्ने विश्वास दिलाए। 

Logo