नेपालमा ‘गल्फ लुब्रिकेन्ट’को उत्पादन तथा वितरण गर्ने ‘नेपाल ल्युब आयल’ लिमिटेडले ‘स्वराज ट्रयाक्टर सर्भिस क्याम्प’ सम्पन्न गरेको छ ।
‘नेपाल ल्युब आयल’ र आधिकारीक बिक्रेता ‘ओईएम’ सेल्स पार्टनर राजेश ट्रेडर्स एण्ड सप्लायर्सको संयुक्त आयोजनामा पौष ७ देखी १४ गतेसम्म भारदह, राजविराज, बरियारपट्टी, सिराहा र कल्याणपुरमा क्याम्प संचालन गरिएको हो ।
क्याम्पमा निःशुल्क सर्भिसिङ र इन्जिन आयल चेन्ज त्यसैगरी ट्रयाक्टर धनी र ड्राइभरको निःशुल्क बडी चेकअप र रक्तचाप जाँच गरिनुका साथै सहभागी सबैलाइ उपहार स्वरूप गल्फको टी-शर्ट, कि-रिङ्ग र डटपेन प्रदान गरिएको थियो ।
कम्पनीका अनुसार ‘स्वराज ट्रयाक्टरका ग्राहकहरूलाई थप इन्जिन, ल्युब र समय समयमा गर्नुपर्ने सर्भिसिङको लाभ सम्बन्धमा सुसुचित गर्न र गल्फ लुब्रिकेन्टलाई निरन्तरता दिन यो कार्यक्रम आयोजना गरिएको हो।’
क्याम्पमा १७० भन्दा धेरै ट्रयाक्टर धनीहरु सहभागी भएको कम्पनीले जनाएको छ । फ्युल रिटेल र लुब्रिकेन्टको क्षेत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभ देखि इन्डष्ट्रियल सेक्टर सम्मका उत्पादन उपलब्ध गराउँछ। नेपालमा गल्फ ब्राण्ड बिगत ३८ वर्षदेखि लगातार ग्राहक वर्गको रोजाइमा पर्दै आएको छ।































प्रतिक्रिया