नयाँ वर्षको अवसरमा निसानको आकर्षक छुट अफर

नयाँ वर्षको अवसरमा निसानको आकर्षक छुट अफर

केन्द्रबिन्दु
0
Shares

नेपालका लागि निसानको आधिकारिक वितरक पायोनियर मोटोकर्पले अंग्रेजी नयाँ वर्ष २०२३ को अवसरमा आकर्षक अफर ल्याएको छ । 

कम्पनीका अनुसार सो अफरअन्तर्गत नेपाली बजारमा उपलब्ध निसान किक्स खरिद गर्दा ३ लाख ९५ हजार रुपैयाँ छुट पाइने छ । किक्सको सुरुवाती मूल्य ४९ लाख ९९ हजार रुपैयाँ छ। किक्स एक्सएल पेट्रोलको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ छ। एक्सभी पेट्रोलको मूल्य ५४ लाख ४९ हजार रुपैयाँ छ। यी दुवै १४९८ सीसीका गाडी हुन्। 

त्यसैगरी १३३० सीसीमा रहेका एक्सभी प्रिमियम टर्बोको मूल्य ६४ लाख ९९ हजार, एक्सभी प्रिमियम (ओ) मोनो टर्बोको मूल्य ६९ लाख ९९ हजार र एक्सभी प्रिमियम सीभीटी टर्बोको मूल्य ७२ लाख ९९ हजार रुपैयाँसम्म रहेको कम्पनीले जनाएको छ।

भेरिएन्ट अनुसार आकर्षक नगद छुट उपलब्ध गराउने बिक्रेता कम्पनीको अफर छ। यसमा एक वर्षको बीमा र सडक कर समेत छुट हुनेछ। किक्स खरिदकर्ताले सर्भिसिङ सेवा ३ वर्ष सम्म निःशुल्क लिन सक्नेछन्। गाडीमा ३ वर्षको वारेन्टी उपलब्ध हुने कम्पनीले जनाएको छ। यसरी समग्रमा ३ लाख ९५ हजार रुपैयाँसम्मको छुट उपलब्ध हुने छ ।  

यो अफर आगामी जनवरी ३१ सम्म मात्र लागू हुने कम्पनीले जानकारी दिएको छ।

Logo