प्रभु लाइफ इन्स्योरेन्सद्धारा बीमित परिवारलाई दाबी भुक्तानी

प्रभु लाइफ इन्स्योरेन्सद्धारा बीमित परिवारलाई दाबी भुक्तानी

केन्द्रबिन्दु
0
Shares

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले बीमित परिवारलाई दाबी भुक्तानी गरेको छ । 

२०७८ पौष २८ गते प्रभु लाइफमा २० लाख बीमाङ्क रकमको जीवन बिमा गरेका गणेश विश्वकर्माको यही असोज २८ गते मृत्यु भएको थियो । पहिलो प्रीमियम स्वरुप एक लाख ३६ हजार ६५४ रकम मात्र बीमा शुल्क बुझाएका उनको दोस्रो किस्ता रकम (बिमा शूल्क) बुझाउने समय अगावै मृत्यु भएको थियो ।

प्रभु लाइफले बीमित स्वर्गिय विश्वकर्माका श्रीमती सन्तमाया मगर र निजका बुबा धन बहादुर मगरलाई धरान शाखा कार्यालयमा एक कार्यक्रमका बीच २० लाखको चेक हस्तान्तरण गरेको हाे । प्रभु लाइफका प्रदेश १ प्रमुख पुष्कर भट्टराई र धरान शाखा प्रमुख सन्तोष राईले संयुक्त रुपमा परिवारलाई सो चेक हस्तान्तरण गरेका थिए । 

भट्टराईले जीवन बिमालाई विश्वासनीय बनाउन दाबी भुक्तानीलाई सरल, सहज र चुस्तरुपमा गरिने कम्पनीको नीति रहेको प्रष्ट पारे । जीवन बिमाले बीमित परिवारलाई यस किसिमका अकल्पनिय घटनाबाट आइपर्ने आर्थिक जोखिम बहन गर्ने उनले बताए । 

दाबी भुक्तानी कार्यक्रममा धरान शाखामा कार्यरत सिनियर एजेन्सी मेनेजर, एजेन्सी मेनेजर, अभिकर्ता र स्थानीयहरुको सहभागिता रहेको थियो ।

Logo