२ लाख ७५ हजार केजी ब्रिकेट बिक्री गर्दै राष्ट्र बैंक

२ लाख ७५ हजार केजी ब्रिकेट बिक्री गर्दै राष्ट्र बैंक

केन्द्रबिन्दु
0
Shares

नेपाल राष्ट्र बैंकले काम नलाग्ने नोटबाट बनाएको ब्रिकेट र स्रेडेड टुक्राहरू बिक्री गर्ने भएको छ।

पुराना नोटलाई मेसिनबाट टुर्क्याएर भदौदेखि ब्रिकेट बनाउन थालेको राष्ट्र बैंकले ४५ दिने सूचना सार्वजनिक गर्दै खरिदको लागि बोलकबोल पेश गर्न आह्वान गरेको हो। बैंकको मुद्रा व्यवस्थापन विभाग सहित विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थ नगर, नेपालगञ्ज र धनगढीका प्रादेशिक कार्यालयले उत्पादन गरेको करिब २ लाख ७५ हजार केजी ब्रिकेट बिक्रीमा राखेको हो। बैंकले फागुन एक गतेसम्म विभाग वा प्रादेशिक कार्यालयहरूमा बोलकबोल पेश गर्न सकिने उल्लेख गरेको छ।

Logo