गुणस्तरिय जुत्ताचप्पल उत्पादन गर्न नेपालका उद्योग सक्षम छन्ः उपाध्यक्ष न्यौपाने

गुणस्तरिय जुत्ताचप्पल उत्पादन गर्न नेपालका उद्योग सक्षम छन्ः उपाध्यक्ष न्यौपाने

केन्द्रबिन्दु
0
Shares

फुटवेयर एशोसिएशनका उपाध्यक्ष रुद्रप्रसाद न्यौपानेले गुणस्तरिय र सर्वसुलभ मूल्यका जुत्ताचप्पल उत्पादन गर्न नेपालका उद्योग सक्षम रहेको बताएका छन् । 

नेपालमा उत्पादन भएका जुत्ताचप्पल ६१ प्रतिशत नेपालमा नै खपत भइरहेको र नेपाललाई आवश्यक पर्ने उत्पादनका लागि उपाध्यक्ष न्यौपानेले नेपाली जुत्ताचप्पल उद्योग सक्षम रहेको बताएका हुन् । सञ्चारकर्मीसँगको कुराकानीमा उनले पछिल्लो समय नेपालमा उत्पादन भएका १ करोड जोर जुत्ता विदेशमा निर्यात हुने गरेको बताए । 

उपाध्यक्ष न्यौपानेले नेपाल जुत्ता चप्पलमा आत्मनिर्भर रहेको भन्दै जुत्ता उत्पादकहरु नयाँ मोडल र नयाँ प्रविधि सहितको गुणस्तर बढाउन लाग्ने बताए । उनले सरकारले जुत्ता चप्पल उद्योगी व्यवसायीहरुको लागि बनाइएका नीति नियमहरुको स्थायित्व नहुँदा चोरी पैठारीको समस्या रहेको बताए । चोरी पैठारीबाट जुत्ताचप्पल आएर बजारमा आउने भएकाले जुत्ता चप्पलमा व्यवसायीहरुले लगाएको लगानी जोखिममा रहेको उनले बताए । 

सरकारले बनाउने नीतिहरुमा स्थायित्व आउन नसके फुटवेयर उद्योग समस्यामा पर्ने अवस्था रहेको उपाध्यक्ष न्यौपानेले उल्लेख गरे । उनले नेपाली उत्पादन जुत्ताचप्पल अन्तर्राष्ट्रिय ब्राण्डसँग प्रतिष्पर्धा गर्न सक्षम रहेको पनि बताए । स्वदेशी उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म जोड्ने उद्देश्यले प्रदर्शनी गर्न लागिएको उनले बताए । 
 
पुस २१ गतेदेखि २३ गतेसम्म १६ औं ‘अन्तर्राष्ट्रिय जुत्ताचप्पल औद्योगिक प्रदर्शनी–२०७९’ आयोजना हुन लागेको पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ । नेपाल फुट्वेयर एशोसिएशन अफको आयोजनामा ‘गोल्डस्टार १६ औँ अन्तर्राष्ट्रिय जुत्ताचप्पल औद्योगिक प्रदर्शनी–२०७९ हुन लागेको हो । उक्त प्रदर्शनी पहिलोपटक स्वदेशी र विदेशी उद्योगी तथा व्यवसायीबीच परस्पर व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्य आयोजकको छ । तीन दिनसम्म चल्ने प्रदर्शनी राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । थोक तथा खुद्रा व्यवसायीलेसमेत प्रदर्शनीको अवलोकन गर्न सक्नेछन् ।

Skip This
Skip This
Logo