आइएमई पे एप अब नेपाली भाषामा पनि

आइएमई पे एप अब नेपाली भाषामा पनि

केन्द्रबिन्दु
0
Shares

अबदेखि आइएमई पे एप नेपाली भाषामा पनि अध्यावधिक हुने भएको छ । 

बैंकिङ पहुँच नपुगेका ठाउँमा पनि नेपाली जनताहरुलाई आर्थिक वा वित्तीय सेवा उपलब्ध गराउने लक्ष्यसहित विद्युतीय भुक्तानी सेवा आरम्भ गरेको आइएमई पेलेकसैलाई पनि भाषागत समस्याका कारण आर्थिक कारोबारबाट बन्चित हुनु नपरोस् भन्ने उद्देश्यका साथ यो विशेष सेवा थप गरिएको हो । 

यो सँगसँगै भाषाको छनोट गर्न मिल्ने एक अर्को सुविधा पनि आइएमई पे एपमा थपिने भएको हो। अंग्रेजी नयाँ वर्ष २०२३ का अवसरमा सेवाग्राहीका लागि कम्पनीले यो फिचर सार्वजनिक गरेको हो।

यस फिचरको लागि प्रयोगकर्ताहरुले सर्वप्रथम प्लेस्टोर वा एपस्टोरमा गएर आइएमई पे एप छ भनेएप अपडेट र छैन भनेडाउनलोड गर्नुपर्ने हुन्छ । पुरानो प्रयोगकर्ताहरुले एप अपडेट भएपछि एप भित्र आफ्नो प्रोफाइलमा गइ दाँयापट्टि रहेको इन संकेतबाट नेपाली भाषा रोज्न सक्नेछन् । नयाँ प्रयोगकर्ताहरुले एप डाउनलोड गरे लगत्तै सो फिचर प्राप्त गर्न सक्नेछन् । 

यस पश्चात प्रयोगकर्ताहरुले आफुलाई सहज लाग्ने भाषा प्रयोग गरेर आइएमई पे मार्फत कुनैपनि डिजिटल भुक्तानी गर्न सक्नेछन् । 

Skip This
Skip This
Logo