नेपाल राष्ट्र बैंकले सोमबारका लागि विनिमय दर सार्वजनिक गरेको छ ।
आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ भने युरोपियन युरो र पाउण्ड स्टर्लिङको भाउ बढेको छ । आइतबार एकको खरिददर १३२ रुपैयाँ ६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६६ पैसामा कारोबार भएको अमेरिकी डलर आज पनि सोही भाउमा किनबेच भइरहेको छ। आज युरोपियन युरोको एकको खरिददर १४१ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४२ रुपैयाँ तोकिएको छ। आइतबार युरो एकको खरिदमा भने १४० रुपैयाँ ७८ पैसा र बिक्रीमा १४१ रुपैयाँ ४२ पैसा कायम गरिएको थियो।
त्यस्तै, आज पाउण्ड स्टर्लिङ एकको खरिदमा भने १५९ रुपैयाँ ७६ पैसा र बिक्रीमा १६० रुपैयाँ ४९ पैसा पाइन्छ। त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८९ रुपैयाँ ९९ पैसा र बिक्रीमा ९० रुपैयाँ ३९ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ४५ पैसा र बिक्रीमा ९७ रुपैयाँ ९० पैसा पाइन्छ। यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ २ पैसा र बिक्रीमा ३६ रुपैयाँ १८ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ १४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३० पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ९६ पैसा र बिक्रीमा ३६ रुपैयाँ १२ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा सोमबार २९ रुपैयाँ ९८ पैसा र बिक्रीमा ३० रुपैयाँ १२ पैसा पाइन्छ। सोमबार कुवेती दिनार एकको खरिदमा ४३१ रुपैयाँ ८२ पैसा र बिक्रीमा ४३३ रुपैयाँ ७८ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ २५ पैसा र बिक्रीदर ३५१ रुपैयाँ ८४ पैसा तोकिएको छ।































प्रतिक्रिया