स्कोडाको नयाँ सेडान कार ‘स्लाभिया’ नेपाली बजारमा भित्रिँदै, यस्तो छ फिचर

स्कोडाको नयाँ सेडान कार ‘स्लाभिया’ नेपाली बजारमा भित्रिँदै, यस्तो छ फिचर

केन्द्रबिन्दु
0
Shares

भारतमा गत वर्षको फेब्रुअरीमा लन्च भएको स्कोडाको नयाँ सेडान कार ‘स्लाभिया’ नेपाली बजारमा पनि भित्रिने भएको छ । नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेजले उक्त कार नेपाल ल्याउने प्रक्रिया शुरु गरेको जनाएको हो । 

कम्पनीका अनुसार स्कोडा स्लाभिया नेपाली बजारमा एउटा मात्र इन्जिन अप्सन १.० टीएसआई इन्जिनमा उपलब्ध हुनेछ, जसले ११५ पीएस पावर र १७८ एनएम टर्क जेनेरेट गर्छ । उक्त सेडान म्यानुअल र अटोमेटिक दुवै अप्सनमा उपलब्ध हुनेछ । 

एमक्युबी एओ इन प्लेटफर्ममा निर्माण गरिएको सो कारमा स्कोडा स्लाभिया एक्टिभ, एम्बिसन र स्टाइल गरी ३ वटा भेरिएन्टमा उपलब्ध हुनेछ । नयाँ सेडानको लम्बाई, चौडाई र ह्विलबेस होन्डा सिटी, मारुती सुजुकी सियाज र हुन्डाई भर्ना जस्ता प्रतिद्वन्द्वी गाडीहरू भन्दा बढी हुनेछ । जसले परिवारसँगको यात्रालाई थप सहज बनाउने कम्पनीले दाबी गरेको छ । 

स्कोडाको यस नयाँ कारमा आकर्षक हेडलाइट, टेल लाइट, बम्पर, ड्यासबोर्ड डिजाइन, १० इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र टु–स्पोक स्टेयरिङ ह्विल समावेश गरिएको छ । यस सेगमेन्टमा उत्कृष्ट फिचर दिइएको छ, जसमा ३ फरक थिमसहितको नयाँ ८ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट प्यानल समावेश गरिएको छ । सेफ्टीको लागि ६ एयरब्याग, ट्रयाक्सन कन्ट्रोल, हिल होल्ड कन्ट्रोल र टायर प्रेसर मनिटर पनि उपलब्ध हुनेछ ।

Skip This
Skip This
Logo