सरकारले व्यवसायीको मनोबल उच्च बनाए अर्थतन्त्र तत्काल लयमा आउने उद्योग परिसंघकाे दाबी

सरकारले व्यवसायीको मनोबल उच्च बनाए अर्थतन्त्र तत्काल लयमा आउने उद्योग परिसंघकाे दाबी

केन्द्रबिन्दु
0
Shares

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले वर्तमान सरकारले उद्योगी व्यवसायीहरुको मनोबल उच्च बनाउने निर्णय गरे तत्काल अर्थतन्त्र लयमा आउने बताएका छन् । 

पछिल्लो समय उद्योगी व्यवसायीहरुको मनोबल कमजोर भएकाले उद्योग व्यवसायमा संकुचन आएको भन्दै अध्यक्ष अग्रवालले वर्तमान सरकारले उद्योगी व्यवसायीहरुको मनोबल उच्च बनाउने गरी निर्णय गर्नुपर्ने बताएका हुन् । सञ्चारकर्मीसँग बोल्दै उनले वर्तमान सरकार गठन भएसँगै नेपाली पुँजी बजारमा अर्थतन्त्रका कुनैपनि प्यारामिटरहरु परिवर्तन वा सरकार नयाँ कुनै निर्णय बिना उच्च मनोबलको कारण लगातार रुपमा वृद्धि भइरहेको बताए ।  

अध्यक्ष अग्रवालले सरकारले बैंकको ब्याजदर कम गर्ने,तरलता सहज ल्याउने र एलसी मार्जिन कम गर्ने निर्णय गरे व्यवसायीहरुको मनोबल सकारात्मक हुने बताए । उनले पछिल्लो समय अर्थतन्त्रमा देखिएका समस्या उद्योगी व्यवसायीहरुको मनोबल कमजोर भएको कारण भएको दाबी गरे । प्रधानमन्त्री तथा अर्थमन्त्रीलाई भेटेर अर्थतन्त्र लयमा ल्याउन सरकारले चाल्नुपर्ने कदमको विषयमा जानकारी गएको उनले बताए । 

उनले उद्योग परिसंघका माग र दिएका सुझावलाई सरकारले तत्काल सम्बोधन गरे मुलुकको अर्थतन्त्र लयमा आउने समय न लाग्ने बताए । उनले सरकारले उद्योगी व्यवसायीहरुको मनोवल उच्च हुने खालको नीतिगत व्यवस्था ग¥यो भने व्यवसायी र अर्थतन्त्र दुवै सकारात्मक बाटोमा जाने उल्लेख गरे । मुलुकमा जुनसुकै सरकार आएपनि व्यवसायीहरुको मनोबल उच्च राख्न आवश्यक रहेको बताए । 

अर्थतन्त्र लयमा आउँदा उच्च रुपमा गिरावट आएको माग बढ्ने र उद्योग व्यवसायमा लगानी पनि बढ्ने अध्यक्ष अग्रवालले बताए । 

अध्यक्ष अग्रवालले वर्तमान सरकारले अर्थतन्त्रमा देखिएका समस्यालाई समाधान गर्दै व्यापार व्यवसायमा आएको गिरावटलाई कम गर्न सहयोग गर्नुपर्ने बताए । उनले पछिल्लो समय मागमा संकुचन हुनु आर्थिक वर्षको पाँच महिना गत वर्षको सोही अवधिको तुलनामा राजश्व संकलनमा २० प्रतिशत संंकुचन हुनु प्रमुख कारण भएको बताए । शेयर बजार,घरजग्गाको कारोबार गिरावटको कारण सबै क्षेत्रको मागमा संकुचन आएको उनले बताए । 

Skip This
Skip This
Logo