नेपाल लाइफका अभिकर्तालाई अन्तर्राष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षकद्वारा प्रशिक्षण

नेपाल लाइफका अभिकर्तालाई अन्तर्राष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षकद्वारा प्रशिक्षण

केन्द्रबिन्दु
0
Shares

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आजबाट धुलिखेलको आगन्तुक रिसोर्टमा दुईदिवसीय अभिकर्ता प्रशिक्षण कार्यक्रमको भव्य आयोजना गरेको छ। अन्तर्राष्ट्रिय प्रशिक्षकद्वारा प्रशिक्षण दिइने यस कार्यक्रममा देशभरबाट एक सय २५ जना अभिकर्ता तथा एजेन्सी म्यानेजरको सहभागिता छ।

कार्यक्रमको सुरुवात नायब प्रमुख कार्यकारी अधिकृत अमित कयालले गरे। उनले सहभागीलाई स्वागत मन्तव्य व्यक्त गर्दै नायब महाप्रबन्धक उमापति पोखरेलले कम्पनीको आगामी रणनीतिबारे प्रकाश पारेका थिए।

उक्त कार्यक्रमका सहभागीलाई प्रशिक्षण दिन भारतको मुम्बईबाट जीवन बिमाका अन्तर्राष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षक तथा सफल जीवन बिमा अभिकर्ता राजेश सतोष्कार उपस्थित छन्। कम्पनीले २३ पुसमा आर्मी अफिसर क्लबमा करिब आठ सयजना अभिकर्तालाई प्रशिक्षण दिने तयारी गरेको छ।

०७९ असोज मसान्तसम्ममा यस कम्पनीको लगानी रु. १४९.७६ अर्ब रुपैयाँ छ भने जीवन बिमाकोष १४२ अर्ब नाै करोड रुपैयाँ र सेयरधनी कोष ११ अर्ब तीन करोडभन्दा बढी छ। कम्पनीमा २,१२,३६२ भन्दा बढी प्रशिक्षित अभिकर्ता छन्।

कम्पनीले आफ्ना सेवाग्राही तथा ग्राहकका लागि देशभर फैलिएका आफ्ना हाल करिब एक सय ९७ कार्यालय सञ्जालमार्फत जीवन बिमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ। यसका साथसाथै कम्पनीले हालसम्म रु. १९७.१८ अर्ब रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ।

नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबाट २१ वटा बिमा योजनाअन्तर्गत ३१,१५,४२० बिमालेख जारी गरिएको छ। ग्राहकको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधासमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ।

Skip This
Skip This
Logo