नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वाह्य क्षेत्रको स्थिरता र वित्तिय स्थायित्व कायम नगर्दासम्म दिगो आर्थिक विकास हुन नसक्ने बताएका छन् ।
आईतवार बैंक तथा वित्तिय संस्था परिसंघ नेपालको तेस्रो साधारणसभालाई सम्बोधन गर्दै गभर्नर अधिकारीले मूल्य स्थिरता र वाह्य क्षेत्रको स्थिरता कायम राख्ने र वित्तिय स्थायित्व कायम नगर्दासम्म दिगो विकास हासिल गर्न नसकिने बताएका हुन् । उनले पछिल्लो समय विश्वका अधिकांश मुलुकमा वाह्य क्षेत्रको मन्दी देखिएको बताए ।
गभर्नर अधिकारीले विश्वमा देखिएको वाह्य क्षेत्रको मन्दी र निर्माण क्षेत्रको शिथिलतालाई नेपालमा भित्रिन नदिनु नै यो वर्षको उपलब्धि हुने उल्लेख गरे । उनले विश्वको अर्थतन्त्र आर्थिक मन्दीतर्फ गएको भन्दै नेपालमा पनि केही मिल्दा असरहरु देखिएकाले त्यस्ता असरबाट जोगिनुपर्ने चुनौति रहेको बताए । उनले नेपालको यो वर्षको मुख्य चुनौति भनेकै वाह्य क्षेत्रलाई स्थिरतामा राख्नु भएको भन्दै सम्बन्धित निकायहरुले त्यही अनुसार काम गर्न आवश्यक रहेको बताए ।
गभर्नर अधिकारीले सन् २०२१ को भन्दा २०२२ मा विश्वको आर्थिक वृद्धि संकुचित भएको बताए । उनले सन् २०२३ मा झनै घटेर २.७ प्रतिशतमा संकुचन आउने प्रक्षेपण रहेको बताए । विश्व अर्थतन्त्रमा आएको मन्दीको बाछिटा नेपालमा समेत आएको उनले बताए ।





























प्रतिक्रिया