ग्लोबल आईएमई बैङ्क र बैङ्क अफ काठमान्डुले आजदेखि एकीकृत कारोबार सुरु गरेका छन् ।
मर्जरका लागि सम्पूर्ण प्रक्रिया पूरा गरेसँगे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार बिहान एक कार्यक्रमबिच कारोबारको शुभारम्भ गरेका हुन् । दुवै बैङ्कको सम्पूर्ण सम्पत्ति तथा दायित्व गाभिए पश्चात् बन्ने संस्थामा सर्ने गरी दुवै संस्थाबाट सञ्चालन हुँदै आएका सम्पूर्ण वित्तीय कारोबार एकीकृत कारोबार सोमबारदेखि ‘ग्लोबल आईएमई बैङ्क लिमिटेड’का नामबाट सुरु भएको हो ।
ग्लोबल आईएमई बैङ्कले बैङ्क अफ काठमान्डुलाई मर्ज गरेपछि मुलुककै ठुलो बैङ्क बनेको बैङ्कले जनाएको छ । मर्जरपश्चात् बैङ्कको कुल पुँजी ५७ अर्ब रुपियाँ चुक्ता पुँजी ३५.७७ अर्ब रुपियाँ, कुल निक्षेप चार खर्ब, कुल कर्जा तीन खर्ब ७९ अर्ब रुपियाँभन्दा बढी भएको बैङ्कले जनाएको छ । ग्लोबल आईएमई बैङ्कमा यो सहित पाँचवटा वाणिज्य बैङ्क, १० वटा विकास बैङ्क तथा छ वटा फाइनान्स कम्पनी समाहित भइसकेका छन् ।





























प्रतिक्रिया