बैंकको ब्याजदर कर्म गरे व्यवसायीहरुको मनोबल उच्च हुनेछः अध्यक्ष अग्रवाल

बैंकको ब्याजदर कर्म गरे व्यवसायीहरुको मनोबल उच्च हुनेछः अध्यक्ष अग्रवाल

केन्द्रबिन्दु
0
Shares

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा ब्याजदर घटाउने र तरलता सहज बनाउने बारेमा ध्यान दिन राष्ट्र बैंकसँग आग्रह गरेका छन् । 

सोमवार काठमाडौंमा भएको ग्लोवल आईएमई बैंक र बैंक काठमाण्डुबीचको एकीकृत कारोबार शुरु भएको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष अग्रवालले यस्तो बताएका हुन् । उनले बैंकको ब्याजदरमा केही कर्म गर्नसके उद्योगी र व्यवसायीहरुको मनोबल उच्च बन्ने बताए । 

अध्यक्ष अग्रवालले ग्लोवल आईएमई बैंक देशकै ठूलो बैंक बनेसँगै आगामी दिनमा बैंकको ब्याज घटाउने दिशातिर लाग्न सुझाव दिए । उनले सिडि रेसियो पनि सहज हुँदै गइरहेपनि बैंकहरुमा लगानी गर्ने आत्मविश्वास आउन नसकेको बताए । बैंकहरुले लगानी गर्ने आत्मविश्वास बनाउन राष्ट्र बैंकसँग उनले आग्रह गरे । 

उनले अहिले तरलता सहज भइरहेको भन्दै इन्भेष्टिबल लगानीलाई उत्पादनमुखी क्षेत्रमा कसरी लगाउन सकिन्छ भन्नेबारेमा ध्यान दिन आवश्यक रहेको बताए । 
 
अध्यक्ष अग्रवालले नयाँ सरकारको पहिलो प्राथमिकता अर्थतन्त्र सुधार गर्नु रहेको भन्दै सरकारले अर्थतन्त्र सुधारका लागि आवश्यक कदम चाल्नेमा विश्वास लिएको बताए । 

Logo